Logo
१३ बैशाख २०८१, बिहीबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रको पहिलो बैठकमा भयो यस्तो बवाल !

काठमाडौं । विभिन्न माओवादी समुह बिचको एकीकरणको मसि नसुक्दै  माओवादी केन्द्रमा ठाक्क ठुक्क भएको समाचार छ ।
माओवादी केन्द्रमाको आइतबार बिहान बसेको महाधिवेशन आयोजक कमिटीको बैठक स्थगित भएको हो । बैठकमा दोस्रो वरियताको विदादले ठुलो रुप लिएको छ ।
विवाद समाधान गर्न आजै बेलुकी सम्म बैठक डाकिने छ ।
दोस्रो वरियताका दाबेदार रहेका यसअघिको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यसअघिको क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव रामबहादुर थापावीच लडाईं हुने भएको हो ।
 शीर्ष तहमा बैठक बसी दोस्रो वरियताको विषय टुङ्ग्याएर मात्रै महाधिवेशन आयोजक समितिको बैठक बस्ने तय भएको माओवादी नेताले बनाए । माओवादी समुहहरुको एकीकरणपछि बनेको केन्द्रमा ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ ।
एकीकृत पार्टी हुँदा पनि पार्टीको महासचिव रहेको र युद्धकालमा पनि पार्टीको महत्वपूर्ण कमाण्ड सम्हालेका कारण रामबहादुर थापालाई दोस्रो वरियता दिनु पर्ने माओवादी भित्र दवाव छ ।
 उता अहिले दोस्रो वरियतामा रहेका नारायणकाजी श्रेष्ठलाई दोस्रो वरियता नदिए अप्ठेरो हुने चेतावनी पूर्व जनमोर्चा समुहले दिएको छ ।  श्रेष्ठलाई वरिष्ठ नेता सहित तेस्रो वरियता दिने प्रस्ताव पार्टीमा आएको वताइएको छ । पदाधिकारी राख्ने वा नराख्ने विषयमा भने केहि कुरा भएको छैन् ।

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्