Logo
२२ असार २०८२, आईतबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ वर्षकी अञ्जनालाई ३ बर्ष सगैँ राखेर हत्या !

काठमाण्डौ । लिभिङ् टुगेदरका रुपमा बस्दै आएका नुवाकोट जिल्ला रातोमाटे गाविसकी वर्ष १८ की अञ्जना थापाको हत्या गरी फरार काभ्रेपलाञ्चोक महादेवस्थान गाविस वडा नं ८ मण्डन पौवाका वर्ष २८ का श्याम श्रेष्ठलाई प्रहरीले पक्रिएर सार्वजनिक गरेको छ । 
काभ्रेपलाञ्चोक महादेवस्थान गाविस ८ मण्डन पौवाका २८ वर्षीय श्याम श्रेष्ठलाई तीन वर्ष सँगै बसेकी युवती हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
नुवाकोट जिल्लाको रातोमाटे गाविस–१ महादेवस्थान घर भई हाल सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा बस्ने १८ वर्षीया अञ्जना थापाको हत्या आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार महानगरीय प्रहरी वृत्त जगातीमा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपी श्रेष्ठलाई सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले युवतीको हत्यापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले दाङको लमहीबाट पक्राउ गरेको जानकारी दिए ।
विगत तीन वर्षदेखि सूर्यविनायक चोकस्थित गणेशकुमार दुवालको घरमा लिभिङ टुगेदरका रुपमा बस्दै आएका श्रेष्ठ र थापाबीच गत वैशाख २१ गते राति भएको झगडामा आक्रोशमा आएर श्रेष्ठले थापालाई कुटपिट गरी हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । कक्षा १० मा नुवाकोटको विद्यालयमा पढ्दै गरेकी थापा र त्यहीँ सवारी चालकका रुपमा रहेका श्रेष्ठबीच भेटघाट भएपछि बढेको सम्बन्धका कारण श्रेष्ठले थापालाई विगत तीन वर्षदेखि भक्तपुरमा ल्याएर राखेका थिए ।
श्रेष्ठको त्यसअघि नै प्यूठान बाङ्गेसाल घर भएकी रेखा सुनारसँग प्रेम विवाह गरी पाँच वर्षको छोरासमेत भएपनि श्रेष्ठले थापालाई भक्तपुरमा ल्याएर विवाह गर्ने प्रलोभन दिई दुवै लिभिङ टुगेदरमा तीन वर्षदेखि सँगै बस्दैको बुझिएको छ ।

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्