Logo
१२ बैशाख २०८१, बुधबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धोती र टोपीमा सजिएर अमेरिकामा परेड !


अमेरिका । अमेरिकामा रहेका नेपालीहरुले न्यूयोर्क शहरमा भव्यताका सााथ नेपाल परेड डे मनाएका छन् । नेपालका कला सँस्कृतिक लाई विश्वस्तरमा चिनाउनका लागि नेपालीहरुले संयुक्त रुपमा नेपाल परेड डे मनाएको आयोजक कमिटिका निर्देशक सतेन्द्र साहले जानकारी दिए । 
निर्देशक साहका अनुसार नेपाल परेड डे को अवसरमा मधेशी, आदिवासी जनजातीको समिश्रमणले साच्चिकै नेपाल बहुजातिय, बहुभाषिक, बहु साँस्कृतिक देश रहेको उदाहरण प्रस्तुत गरिएको हो ।  सो अवसरमा विभिन्न जात, जाती र समुदायले आ आफनो साँस्कृतिक झल्कने ड्रेस लगाएका थिए । 
मधेशी समुदायले लगाउने धोती, कुर्ता र गम्छा, मधेशी समुदायको महिलाले लगाउने घाघ्रा र चोली, त्यस्तै पहाडी समुदायले लगाउने दाउरा सुरुवाल र ढाका टोपी सँग सँगै र्यालीमा भाग लिएका थिए । कार्यक्रम अमेरिकाको व्यस्त शहर न्यूयोर्कमा भव्यताका साथ मनाइएको थियो ।
सो अवसरमा मधेशी समुदायले नेपालमा समावेशिता र अधिकारको लागि जारी मधेशी आदिवासी जनजातीको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै ‘हामी समावेश संविधानको लागि’ भन्दै टि शर्टमा नारा उल्लेख गरी समर्थन जनाएका थिए । कार्यक्रममा आदिवासी जनजातीको बढी सहभागिता रहेको थियो ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्