Logo
१२ जेष्ठ २०७९, बिहीबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीका नाममा आएका साइकल धनुषामै थन्किए ?

काठमाडौं । भारतीय राजदूत रञ्जित रायले समय नदिएपछि दलित र विपन्न छात्रालाई प्रोत्साहन स्वरुप प्रदान गर्न लागिएको पाँच सय साइकल थन्किएका छन् ।

भारतीय राजदूतावासको सहयोगमा जिल्ला विकास समिति धनुषा मार्फत खरिबद गरिएको २८ लाख ४० हजार मूल्यको साइकल वितरण नभएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने क्रममा तराईका ग्रामीण भेगका दलित र विपन्न छात्रालाई विद्यालय जान प्रोत्साहन गर्न साइकल वितरण गर्ने बताएका थिए ।

सोही अनुरुप जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ग्रामीण भेगका विद्यालयमा दलित र जेहेन्दार छात्रा छनोट गरिएको र पाँच सय छात्रालाई साइकल उपवल्ध गराउने योजना भएको थियो ।

जिविस धुनुषाले टेन्डर आहृवान गरी साइकल खरिद गरेको भए पनि दूतावासबाट हालसम्म खरिद रकमसमेत उपलव्ध नगराइएपछि साइकल व्यपारीले समेत ताकेता गर्न थालेको जिविसका निभित्त स्थानीय विकास अधिकारी राजकिशोर साहले बताए ।

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्