Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा मात्रै २ हजार बालिका यौन व्यवसायमा

काठमाडौं । राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको पाइएको छ । केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई ग्राहकलाई यौन सेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरेको हो ।
केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोरञ्जन व्यवसायमा संलग्न रहेकामा त्यसको एक तिहाइ १८ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।
काठमाडौंका डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, चिया पसललगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्