Logo
१३ बैशाख २०८१, बिहीबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोर्चाविरुद्व सिंहदरबारमा यसरी खनिए ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाकै सल्लाहमा नै सर्वदलीय बैठक आह्वान गरेपनि उनीहरुले आफूलाई नै धोका दिएको ठहर गरेका छन । अधाघण्टा अघिसम्म आउछां–आउछौं भन्ने अनि अहिले आएर हेर्नुन धोका दिएको आक्रोश व्यक्त उनले सर्वदलिय बैठकमा भने मोर्चाबालाहरु आफै झगडा गरेर बसेछन वार्ताको उनीहरुलाई के नै पिर छ र ? 
सिंहदरबारमा सत्तारुढ दलका साथै प्रतिपक्षी नेपाली कांग्रेसबीच भएको छलफलमा उनले मधेसी मोर्चाको यस्तो आलोचना गरेको त्यँहा सहभागी एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले मोर्चाकै सल्लाहमा आफूले बैठक आह्वान गरेको भएपनि अन्तिम समयमा मोर्चाका नेताहरुले अनुपस्थित हुने खबर पठाएपछि उनीहरुको नियतमाथि नै प्रश्नचिन्ह खडा भएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।
आफूले समस्याको समाधानको लागि पहलकदमी लिन खोजेपनि मोर्चाकै नेताहरुले वार्ताप्रति गाम्भीर्यता नदेखाउँदा समस्या उत्पन्न भएको उनले तर्क गरेका थिए । 
प्रधानमन्त्रीले बैठक सुरु गर्दै सोमबार मोर्चाका नेताहरुसँग आफुृले फोनमा परामर्श गरेर नै आज विहान बैठक बोलाइएको जानकारी दिँदै भने, ‘हिजो तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग फोनमा कुरा भएअनुसार नै उहाँले भन्नुभएको समय आज विहान १०.३० बजेका लागि बैठक तय भएको थियो । 
मैले विहान ९ बजे बैठक बोलाउन खोज्दा तमलोपाका अध्यक्ष ठाकुरले ९ बजे आफ्नो आखाँ जाँच गराउनुपर्ने भएकोले १० बजेपछि बैठक राख्न दिनुभएको सुझाव अनुसार नै आज १०.३० बजे प्रधानमन्त्रीले बैठक बोलाइएको हो ।’
तर विहान ९.३० बजेपछि अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई फोन गरी आफुहरुको बैठक बसेर मात्र वार्तामा आउने वा नआउने जानकारी गराउने बताएको बैठकमा ओलीले जानकारी गराएका थिए । 
# तस्विर : प्रधानमनत्रीको कार्यलय 

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्