Logo
६ बैशाख २०८१, बिहीबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्लास्टिकको कुर्सीमा बसेर ओबामाले खाए खाना, फोटो बन्यो भाइरल !

धेरैले यो तस्वीरको सत्यतामा शंका गर्छन् । शंका नगरुन पनि किन रु विश्वको महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति एउटा मामुली होटलभित्र प्लास्टिकको कुर्सीमा बसेर सस्तो खाना खाइरहेका छन् । तर, यो कुनै ट्रिक गरिएको फोटो होइन । ओबामा जस्तै देखिने व्यक्ति बाराक ओबामा नै हुन् । उनीसँग टेबल शेयर गरिरहेका व्यक्ति चाहिँ भियतनामका प्रख्यात सेफ एन्थोनी बोर्डेन हुन्  । 

भियतनामको हानोईमा पुगेका ओबामा आम मानिसहरुले खाना खाने होटलमा किन छिरे त  ?
यो प्रश्न भन्दा पनि रोचक र अविश्वसनीय पक्ष के छ भने होटलभित्र रहेका कसैले पनि ओबामालाई वास्ता गरेको देखिँदैन । सबै आफ्नो सुरमा खाना खाइरहेका छन् । तस्वीर हेर्दा यस्तो लाग्छ कि ओबामालाई उनीहरु कसैले चिनेनन । फेरि बोर्डेन आफैंमा एक सेलिब्रिटी हुन् । उनी सेफ बन्नुभन्दा पहिले टेलिभिजन कार्यक्रम प्रस्तोता थिए । अहिले पनि एउटा कार्यक्रम होस्ट गर्छन् । 
पक्कै पनि ओबामा ठूलो सुरक्षाका साथ त्यहाँ पुगेका थिए, जून तस्वीरमा देखिन्न । पत्रकारहरुले पछ्याएका पनि थिए । तर, भित्रको दृष्य यस्तो छ मानौं ओबामा केही होइनन् । खासमा यो एन्टोनी बोर्डेनः पाट्र्स अननोन नामक टेलिभिजन कार्यक्रमका लागि गरिएको सुटिङ रहेछ । पहिलो पटक भियतनामको भ्रमणमा गएका ओबामाले यस्ता कामका लागि पनि समय निकाल्न भ्याए । 
ओबामालाई बाहिर पत्रकारहरुसहित ठूलो भिडले पछ्याए पनि उनीहरु सबैलाई बाहिरै रोकिएको रहेछ । एक छिनका लागि उनका सुरक्षाकर्मीहरु पनि बाहिरै बसेका रहेछन् । अमेरिकी राष्ट्रपति ओबामा बाहिर निस्केपछि भीडले फेरि उनलाई छोपिहाल्यो । ओबामाले खाएको खानाको मूल्य केवल ६ डलर रहेको बोर्डेनले ट्वीटरमा जानकारी दिएका छन् । बीबीसीको सहयोगमा

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्