Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा माओवादी केन्द्र भित्र यस्तो सकस

काठमाण्डौ, १२ जेठ । दश माओवादी पार्टीहरु मिलेर बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बहुदीय पद्धतिमा जाने प्रस्ताव पारित भएपनि पार्टीले पदाधिकारी चयन गर्न सकेनन् ।

प्रचण्डलाई पार्टी एकिकरण कसरी गर्ने दिन प्रतिदिन तनाब भएको छ । मुठ्ठि कसेर भएको एकिकरणलार्य कसरी सेफल्यान्डिङ् गर्ने प्रचण्ड तनाबमा छन् लाजिम्पाट स्रोतले  भन्यो ।

हालै राजधानीमा बसेको केन्द्रको पहिलो केन्द्रीय समितिको बैठकले अध्यक्ष प्रचण्डले पेश गरेको बहुपदीय पद्धतिलाई अनुमोदन गर्यो तर पदाधिकारी चयनमा विवाद भएपनि अध्यक्षकै नेतृत्वमा हेडक्वाटर निर्माण गर्यो ।

तत्कालकोलागि बहुपदीय पद्धतिमा नगई जिल्ला जिल्लामा एकता अधिवेशन गरेपछि सहमतिमा पदाधिकारी चयन गर्ने सहमति गर्यो ।

केन्द्र बहुपदीय पद्धतिमा जान नसक्नुको प्रमुख कारण चाँही नारायण काजी श्रेष्ठ र रामबहादुर थापावीच को दोस्रो बरियतामा रहने भन्ने विषय रह्यो ।

कृष्णबहादुर महरा, मातृका यादव, देब गुरुङ, गोपाल किरातीसहितका नेताहरु रामबहादुर थापा बादलको पक्षमा उभिए । उनीहरुले श्रेष्ठले जनयूद्ध नलडेकोले अहिलेसम्म उसलाई पार्टी पंक्तिले नेताको रुपमा स्विकार गरिनसकेको अवस्थामा दोस्रो बरियता दिन नहुने तर्क गर्दै बादललाई कार्यकर्ताले पनि सहजै स्विकार्ने भएकोले दोस्रो बरियतामा राख्नु पर्ने अडान राखे । बादलको पक्षमा केन्द्रमा बहुमत जस्तै अवस्था छ ।
तर श्रेष्ठले बदलसहितका नेताहरुले पार्टीलाई संकटमा पारेर अन्यत्र गएको तर आफूले पार्टीलाई संकटपूर्ण अवस्थामा साथ दिदै आएकोले दोस्रो बरियता आफूले पाउनु पर्ने अडान राखेका थिए । यसमा सहमति हुन नसकेकै अवस्थामा श्रेष्ठले आफूलाई दोस्रो बरियता नदिने हो भने आफू माओवादी केन्द्र छाडेर डा। बाबुराम भट्टराईले गठन गर्नलागेको नयाँ शक्तिमा जाने चेतावनी दिएपछि बहुपदीय पद्धति कार्यान्वयन हुन सकेन ।
हिजो पनि यस विषयमा प्रचण्ड र श्रेष्ठवीच वान टु वान कुराकानी भएको थियो ।

जसमा पनि श्रेष्ठले आफूले दोस्रो बरियता नपाए पार्टी छाडेर नयाँ शक्तिमा जाने चेतावनी समेत दिएको स्रोतको दाबी छ । त्यसकारण प्रचण्ड चिन्तामा छन् । त्यसपछि प्रचण्डले बहुपदलाई अहिले तत्काल कार्यान्वयन नगर्नेपछि सहमति गर्दै मिलाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्