Logo
११ बैशाख २०८१, मंगलबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विराट कोहलीको तलब १५ करोड

दिल्ली, एजेन्सी । भारतमा आइपिएलमा सबैभन्दा बढी पारिश्रमिक बुझ्ने खेलाडी रोयल च्यालेन्जर्स बैंलोरका कप्तान विराट कोहली हुन् । उनले १५ करोड भारतीय रूपैया पारिश्रमकि बुझ्छन्। यस्तै दोस्रो नम्बरमा महेन्द्र सिंह धोनी र शिखर धवनले समान १२ करोड ५० लाख बुझ्छन् ।

यस्तै मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले ११ करोड ५० लाख पारिश्रमिक बुझ्छन् ।  गौतम गम्भीर १० करोड, किरण पोलार्ड ९ करोड ७० लाख, एबिडिब्लेयर्स ९ करोड ५० लाख तथा क्रिश गेल ८ करोड ४० लाख रूपैयाँ पारिश्रमिक बुझ्ने गरेको आइपिएलले जनाएको छ ।

यस्तै गुजरातका कप्तान शुरेस रैनाले ९ करोड ५० लाख बुझ्ने भएका छन्।

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्