Logo
१३ बैशाख २०८१, बिहीबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारको न्युनतम पारिश्रमिक अव्यवहारीक !


झापा । झापाको विर्तामोडमा आयोजीत एक कार्यत्रक्रमका वक्ताहरुले सरकारले निर्धारण गरेको पत्रकार हरुको न्युनतम पारिश्रमिक अव्यवहारीक भएको धारणा राखेका छन् ।  मिडिया नेपाल झापाले विर्तामोडमा आयोजना गरेकोे पत्रकारको न्युनतम पारीश्रमिक कार्यान्यन र चुनौती विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले सरकारले हचुवाको भरमा पत्रकारको न्युनतम पारीश्रमिक निर्धारण गरेको आरोप लगाएका हुन् ।
मिडियालाई सेवा सुविधा दिन सरकार चुकेको आरोप लगाउदै कार्यक्रममा संचार उद्यमी, मिडिया संचालक तथा पत्रकारहरुले सरकारको घोषणा निरर्थक रहेको प्रतिक्रिया दिएका छन् ।  कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका सस्थापक महासचिव एवं कंचन्जंघा एफ.एमका प्रवन्ध निनर्देशक चन्द्र भण्डारीले सरकारको घोषण व्यवहारीक नभएको भन्दै आफु त्यसको पक्षमा नरहेको वताए ।  
वोर्डकास्टिङ्ग एशोसिएसन अफ नेपाल बानका केन्द्रिय उपाध्यक्ष एवं रेडियो सनराईजका अध्यक्ष कुमार भट्टराईले सरकारले एकलौटी ढंगले पत्रकारको न्युनतम पारिश्रमीक निर्धारण गरेको वताउदै कार्यान्यनको सवालमा अनेकौ चुनौती रहेको धारणा राखे । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणी दाहालले अस्वस्थ प्रतिस्पर्धाले मोफोसलमा संचार गृह संचालन गर्न चुनौती रहेकाले सरकारले प्रत्यक्ष सहयोग नगरेसम्म न्युनतम परिश्रमीक कार्यान्वयन गर्न नसकिने वताए  । 
नेपाल प्रेस युनीयन झापाका अध्यक्ष कृष्ण हुमागाईले सरकारले घोषणा गरेको पत्रकारको न्युनतम पारीश्रमीक स्वागतयोग्य भएपनी कार्यान्वयनमा धेरै चुनौती रहेको वताए  । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कोषध्यक्ष प्रेम आचार्य , प्रेस चौतारीका केन्द्रीय सदस्य अम्विका भण्डारी , फनिजका केन्द्रिय सदस्य ईन्द्रजित मुखिया, आरम्भ एफएमका अध्यक्ष दिपेन्द्र पोख्रल, विराट एफ एमकी प्रवन्ध निर्देशक लिला अनमोल, प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम, विविसिका झापा संवाददाता उमाकान्त खनाल,लगायतले वोलेका थिए । 
कार्यक्रममा उहाहरुलेसर्वप्रथम सरकारी मिडियामा पत्रकारहरुको न्युनतम परिश्रमिक कार्यान्वन गरेर देखाउन सरकारसंग माग गरेका थिए । सरकारले केही समय अघि पत्रकारहरुको न्युनतम परिश्रमिक १९ हजार ५ सय निर्धारण गर्दे कार्यान्यनका लागि आग्रह गरेको थियो । 

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्