दुई नाबालिक छोरीको हत्यापछि आमाले गरिन आत्महत्या प्रयास !
एक महिला, जस्ले आफ्नी दुई नाबालिक छोरीको हत्या गरेकी छन् र बच्चाको शव अगाडीमै रहेको छ र आमाले आँसुको खोलो बगाई भकानिदै छिन् ।
घटना बाराको कलैया नगरपालिकाको बरेवाको हो । स्थानिय विजय साह कानुकी श्रीमती २२ वर्षीया सबिता देवीले आफना छोरीहरु चार बर्षीया काजल र अढाइ बर्षीया अनिताको हत्या गरेकी हुन् ।
उनका अनुसार ससुरा र श्रीमानले शारीरिक तथा मानसिक यातना दिएर घर निकाला गरेपछि यात्ना खेप्न नसकी सविता एक आमा भएर पनि आफ्नी दुई छोरीको ज्यान लिएर आत्म हत्या गर्न विवश भईन् ।
आफ्नै हातले कलिला दुई नाबालिक छोरीको हत्या गरिन् र स्वयम् आत्म हत्या गर्न खोज्दा स्थानीयले रोके । शब्द /तस्विर शैलेन्द्र महतोको फेसबुकबाट