Logo
८ बैशाख २०८१, शनिबार
(May 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र समूहहरु पनि एकीकृत हुँदै ( विज्ञप्तिसहित )

काठमाडौं । पछिल्लो पटक बिविभन्न माओवादी पार्टीहरुको एकता लगतै सोही उद्देशयका मधेश केन्द्रित शसस्त्र पार्टी/समुहहरु बिच पनि एकिकरण प्रक्रिया सुरु भएको छ । मधेशवादी दलहरुले गरेको आन्दोलन सफल हुन नसकेको निष्कर्ष निकाल्दै मधेशका सशस्त्र समूहहरु सक्रिय हुन थालेका हुन । 
संघीयता र समावेशिताको मुद्दालाई राज्यले नजरअन्दाज गरी एकतर्फी रुपमा संविधान जारी गरेको र संविधानको विरोध गर्ने मधेशीहरुको निर्मम हत्या गरेको भन्दै स्वतन्त्र मधेशका पक्षमा आन्दोलन अगाडि बढाउन सशस्त्र समूहरु सक्रिय भएका छन् । विगत १२ वर्षदेखि स्वतन्त्र मधेशका लागि हतियार उठाएका जयकृष्ण गोइतको नेतृत्वमा सशस्त्र समूहरु एकीकृत भएका छन् । 
अस्तित्वमा रहेका तीन वटा सशस्त्र संगठन अखिल तराई मुक्ति मोर्चा, तराई मुक्ति मोर्चा र जनतान्त्रिक मधेश तराई मुक्ति मोर्चाबीच जेठ ७ गते एकता भएको थियो । एकता पछि निर्माण भएको पार्टीको नाम जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) राखिएको छ । अध्यक्ष जयकृष्ण गोइतलाई चयन गरिएको छ ।
एकता पछि मोर्चा (क्रान्तिकारी) को पहिलो केन्द्रीय समिति बैठक बुधबार सम्पन्न भएको छ । गोइतको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले सशस्त्र संघर्षसहित जनजिविकासँग जोडिएका निर्णयहरु लिएको अध्यक्ष गोइतले बताए । 
अध्यक्ष गोइतका अनुसार प्रथम केन्द्रीय समिति बैठकमा सशस्त्र आन्दोलनका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण केन्द्रीय सदस्यहरुले आ–आफ्ना विचार राखेका थिए । त्यस्तै संगठन विस्तार तथा फैजी कारवाहीलगायतका विषयमा निर्णय गरिएको छ । 
मधेशलाई जाँड रक्सी मुक्त बनाउने अभियान पनि मोर्चाले चलाउने मोर्चाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वतन्त्र मधेशका लागि अन्तरक्रिया तथा बहस चलाउने निर्णय समेत लिइएको छ ।
प्रेस विज्ञप्ति
नेपाली औपनिवेशिक शासनबाट मातृभधमि तराईलाई मुक्त गर्नको निम्ति तराई मुक्ति आन्दोलन प्रति समर्पित क्रान्तिकारी संगठनहरुको बीच एकता अपरिहार्य र अत्यावश्यक भएकोले तराई मुक्ति मोर्चा, जनतान्त्रिक मधेश तराई मुक्ति मोर्चा र अखिल तराई मुक्ति मोर्चा गरी तीन संगठनहरुका नेता कार्यकत्र्ताहरुको २०७३ जेठ ५ गतेदेखि प्रारम्भ भई जेठ ७ गते सम्पन्न भएको एकताको सम्मेलनौरा तराईका मधल निवासिहरुको अग्रदस्ताको नामाकरण ८जनतान्त्रिक तराई मत्रक्ति मोर्चा९क्रान्तिकारी०६ र यसको अध्यक्ष जयकृष्ण गोईतलाई चयन गरिए पश्चात् यस गौरवशाली क्रान्तिकारी मोर्चाको प्रथम केन्द्रीय समितिको बैठक अध्यक्ष जयकृष्ण गोईतको अध्यक्षतामा हालै सम्पन्न भयो । उक्त बैठकले लिएको महत्वपूर्ण निर्णयको सार संक्षेप सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ ।
१. बैठकको प्रारम्भमा महान् तराई मुक्ति युद्धमा शहादत प्राप्त गर्नु भएका वीर अमर शहीद देवनारायण यादव९प्रशान्त०, विनय कुमार महतो९सधरज०, शम्भु प्रसाद यादव९अजय०, राजकुमार मिश्र, विहारी महतो, रुदल महतो लगायत सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति आ–आफ्नो स्थानमा उभी मुट्ठी कसेर हाथ उठाई एक मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धांजली अर्पण गरियो ।
२. बैठकमा सहभागी सम्पधर्ण केन्द्रिय सदस्यहरुले आ–आफ्नो अनत्रभधति अभिव्यक्त गर्नुको साथै आगामी आउने जिम्मेवारी प्रति प्रतिवद्धता व्यक्त गरियो ।
३. सुदृढ संगठन र धनीभूत संघर्षको लागि जिल्ला, गाउँ र टोलहरुमा रहेका तिनैवटै मोर्चाका सदस्यहरुलाई एक जत्रट गरि जिल्ला, गाउँ र टोल समितिहरु निर्माण गर्ने साथै योग्य र सक्षमहरुको मोर्चामा आबद्धता बढाउने निर्णय भयो । जनवर्गीय संगठनहरु मध्ये महिला, विद्यार्थी, यत्रवा र किसान संगठनहरु निर्माण गर्ने निर्णय भयो ।
४. बैठकले फौजी, गैरफौजी संघर्ष, प्रचार–प्रसार र आर्थिक सम्बन्धमा पनि महत्वपूर्ण निर्णयहरु लियो ।
५. बैठकले जाड रक्सी निषेधित तराईको लागि सशक्त अभियान चलाउने निर्णय गरियो ।
६. बैठकले मोर्चाका नेता कार्यकत्र्ताहरुको बैठक, भेला वा एक आपसमा भेंटहत्रने, छत्रटने वेला अभिवादन स्वरुप दरिल्यो मुट्ठी कसेर हाथ उठाई द्मजय मातृभधमिÞ शब्दावली सम्बोन्धन गर्नको साथै टेलिफोन वा मोवाईलको माध्यमबाट सम्पर्क अथवा पत्राचार गर्दा पनि अभिवादन स्वरुप ‘जय मातृभूमी’ शब्दावली नै सम्बोन्धन गर्ने निर्णय गरियो ।
७. एकताको लागि बाँकी क्रान्तिकारी समधहहरु बीच छलफल बहसका साथै एकजत्रट हत्रन आºवान गर्ने निर्णय भएको साथै बैठकले आत्म समर्पणवादी, यथास्थितिवादी, विसर्जनवादी र औसरवादीहरुको भ्रममा अल्झिएका तराईका मधल निवासी नेता, कार्यकत्र्ता तथा अन्य स्वतन्त्र व्यक्तिहरुसँग मातृभधमि तराईको मुक्तिको सम्बन्धमा छलफल बहस चलाउने निर्णय गरियो ।
अन्तमा बैठकको अध्यक्षता गरी रहेका अध्यक्षबाट बैठकमा भएको निर्णयहरुको दूरगामी महत्ववारे संक्षिप्त मन्तव्य सहित बैठकलाई समापन गरियो ।                                                               मिति २०७३ जेठ १२ गते
जयकृष्ण गोइत
अध्यक्ष
केन्द्रिय समिति

प्रकाशित मिति: May 26, 2016

प्रतिक्रिया दिनुहोस्