Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्थायी शिक्षकले प्रतिस्पर्धा वा सुविधा रोज्नु पर्ने

काठमाडौं । सामुदायिक विद्यालयमा आठ महिना अघिसम्मका अस्थायी नियुक्ति पाएका शिक्षकले स्थायीका लागि प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारले ०६९ पुस १९ सम्म अस्थायी शिक्षकले प्रतिस्पर्धा वा सुविधा रोज्नु पर्ने प्रस्ताव राखेको थियो । समितिबाट पारित भएको विधेयक संसदको बहुमतबाट पारित भएपछि लागू हुने छ । आज बस्ने बैठकमा बिधेययक संसदमा पेश हुने छ ।

व्यवस्थापिका संसद अन्र्तगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बुधबारको बैठकले संविधान जारी भएको अघिल्लो दिन असोज २ गतेसम्म अस्थायी भएका शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पारित गरेको छ । सरकारले अस्थायी शिक्षकहरुलाई सहुलियतपूर्ण अवकाश (गोल्डेन ह्यान्डसेक) मार्फत विदा गर्ने भएको छ । लामो समयदेखि अस्थायीमा कार्यरत शिक्षकका लागि सहुलियतपूर्ण अवकाश दिनेगरि शिक्षा ऐनमा संसोधन विधेक तयार भएको छ ।

अस्थायी शिक्षकले प्रतिस्पर्धा नरोजी अवकास चाहेमा पाँचदेखि दश वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिनाको तलब, दशदेखि पन्द्र वर्षसम्म सेवा गरेको शिक्षकलाई एक बर्षमा एक महिनाको तलब, पन्द्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई एक बर्षमा डेढ महिनाको तलब बराबरको रकम दिने सरकारले राखेको प्रस्तावलाई समितिले पनि पारित गरेको हो ।

व्यवस्थापिका संसदको उपसमितिले सबै सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार गरेको छ । समितिमा छलफल गरेपछि मन्त्रिपरिषदमा पठाइने छ । मन्त्रिपरिषदले तीनवटा विकल्प सहित अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्नेछ । हाल करिब २५ हजार अस्थायी शिक्षक कार्यरत छन् । सरकारले बजेट तर्जुमा गरेमा त्यसमध्ये आधाजसो शिक्षक सहुलियतपूर्ण अवकाशमा जानसक्ने देखिएको छ ।

५ वर्ष पूरा गरेका शिक्षकलाई स्थायी प्रक्रियामा लगिनेछ । अहिले ३२ वर्षसम्म अस्थायी रूपमा काम गरेका शिक्षक पनि कार्यरत छन् । प्रस्तावित विधेयकमा शिक्षक सेवालाई निरन्तरता दिन नचाहने अस्थायी शिक्षकले स्वैच्छिक अवकाश लिन सक्ने र उनीहरूका लागि ’गोल्डेन ह्यान्डसेक’ व्यवस्था गरिनेछ ।
करिब ८ हजार शिक्षकले स्वच्छिक अवकास लिन सक्ने र गोल्डेन ह्यान्डसेक करिब डेड अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्