Logo
१५ बैशाख २०८१, शनिबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केडिया अपहरण प्रकरण अझैमपनि रहस्यमय !

पवन चौधरी, वीरगन्ज । भारतीय नम्बर प्लेटको स्कार्पियो गाडीमा आएका अपहरणकारीले गरेको उद्योगी अपहरण काण्डको रहस्य अझै पनि खुलेको छैन ।  बाराको बरियापुरबाट बिहिबार बेलुकी भारतीय अपहरणकारी समुहले वीरगन्जका  उद्योगपति सुरेश केडियालाइ अपहरण गरिएको हो । 
घटनास्थलबाट नेपाल–भारत सीमा १६ किलोमिटर दूरीमा छ । अपहरणकारीले उद्योगपतिका सवारी चालकलाइ गोली हानेर वीरगन्ज ७ का उद्योगपति केडियालाइ भारतीय अपहरणकारीले अपहरण गरेको हो । केडियालाइ अपहरण गर्ने क्रममा अपहरणकारीले केडियाका चालक पर्साको विन्दवासीनी २ निवासी ३४ वर्षिय उमेश साह कानुलाइ गोली हानेर घाइते पनि बनाएको छ ।
दाहिने कन्पटीमा गोली लागेर गम्भिर घाइते भएका चालक कानुको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बरियापुरमा रहेको खाद्य उद्योगमा काम विशेषले दिउँसो पुगेका उद्योगपति केडिया बेलुकी बा १० च ७२४० नम्बरको कारमा वीरगन्ज स्थित घर तर्फ फर्कने क्रममा बाराको पसाहा पुल नजिकबाट साँँझ साढे ६ बजे अपहरणमा परेका हुन् ।
उनिहरुले केडियाका सवारी चालक कानुलाइ गोली हाने पछि केडियालाइ आफनो गाडीमा राखेर बाराको नाका हुदै भारत तर्फ लिएर गएको नारायणी अन्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक नारायण सिंह खड्काले जानकारी दिए । हतियारधारी समुहले उद्योगपति केडियालाई अपहरण गरेर सीमावर्ती भारतीय गाँउ तर्फ लिएर गएकाले सीमा नाकाहरु सिल गरेर खोजी कार्य शुरु गरिएको खडकाले बताए । 
उनी सभासद् विमल केडिया र  अपहरित सुरेश केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाका दाजु हुन् । केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक हुन् सुरेश केडिया । उनी केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालाल केडियाका माहिला छोरा हुन् । ५६ वर्षीय उनका काकाका छोरा प्रदीप केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष छन् ।
उनी वीरगन्ज खाद्य उद्योगलगायत केडिया अर्गनाइजेसनअन्तर्गतका विभिन्न उद्योग व्यवसायमा आबद्ध छन् । सन् १९०९ मा स्थापना भएको केडिया अर्गनाइजेसन नेपालको अग्रणी औद्योगिक व्यावसायिक समूहमध्येको एक हो । 
अर्गनाइजेसनले नेपालको उत्पादन, आयात–निर्यात, बैंक, वित्तलगायत क्षेत्रमा लगानी गरेको छ । अर्गनाइजेसनअन्तर्गत ब्रिज सिमेन्ट, रिलायन्स पस्मिना, यती फेब्रिक, सुन्दर फर्निचर, सीताराम गोकुल मिल्क, सिद्धार्थ बैंक, गोर्खा फाइनान्स, इन्दुशंकर चिनी उद्योगलगायत उद्योग व्यवसाय सञ्चालनमा छन् ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्