Logo
१५ चैत्र २०८०, बिहीबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केडियाको अपहरणपछि तीन जिल्लामा ‘हाइअलर्ट’

पर्सा । वीरगञ्जका खाद्य व्यापारी सुरेश केडियाको अपहरण भएलगतै तीन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  बिहीबार बेलुकी साढे ६ बजे बाराको बरियारपुरबाट विरगञ्ज जाने क्रममा पसहा पुल नजिक अपराधिक समूहले निजका गाडीचालक पर्सा विन्दवासनीका उमेशप्रसाद कानुको दाहिने गालामा गोली हानी व्यापारी केडियालाई अपहरण गरी लगेको पाएलगतै घटनास्थलसँग जोडिएका रौतहट, बारा र पर्सालाई हाईअलर्ट गरेको मध्यमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख डिआइजी पशुपती उपाध्यायले बताएका छन्।
बाराको वरियारपुरको काम सकेर बा१०च ७२४० मा चढी वीरगञ्ज फर्किने क्रममा पसहा पुलमा घात लगाएर बसेका हतियारधारी समूहले बन्दुकको बलमा गाडी रोक्न लगाएर चालक कानुमाथि गोली प्रहार गरेका थिए। त्यसपछि व्यापारी केडियालाई अपहरण गरी सीमावर्ती भारततर्फ लगेका थिए।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार भारतीय नम्बर प्लेट भएको स्कारपियो तिव्रगतिमा सीमावर्ती कबही गोठ नाका हुँदै भारतको आदापुरतर्फ गएको थियो। 
एक जना उच्च सुरक्षा अधिकारीका अनुसार घटनास्थलबाट झण्डै १२ किलोमिटर दक्षिणतर्फ अत्याधिक गतिमा स्कारपियो गएको सूचना पाएपछि सुरक्षाकर्मी त्यसतर्फ गएको बताए । व्यापारी अपहरणको घटनाबारे सीमापारी काउण्टर पार्टस मोतिहारीका सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा बसिरहेको र छिटोभन्दा छिटो अपहरित व्यापारी केडियालाई सकुशल मुक्त गराउने प्रयास भइरहेको डिआइजी उपाध्यायले बताए।
रौतहटसँग जोडिएको सीमानाका पनि हाइअलर्ट गराइएको छ। सीमापारी तथा वारीबाट आउने सबैजनाको चेकजाँच तिव्र पारिएको छ। संवेदनशील नाकामा व्यापक सुरक्षाकर्मी परिचालन गरी अपराधिको खोजिकार्य भइरहेको रौतहटका प्रहरी प्रमुख एसपी गणेश रेग्मीले बताए।
यता, नेपाली काग्रेस, सदभावना पार्टी र तमलोपाले छुटाछुटे बिज्ञप्ती जारी गरि केडियाको स्थिती पता लगाउन माग गरेको छ । 

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्