Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आशिषले धम्क्याए पछि मनीषा डराएकी थिइन् …

नवलपरासी । घटनाकै दिन बुधबार परीक्षा सकेर मिल्ने चारजना साथीहरु घुम्न गएका थिए। सोही क्षणमा आशिषले फोनमा मनीषा माथि रिस पोखेका शिलुले बताइन्। परीक्षा पछि धेरै दिनमा फेसबुक चलाउन पाउँदा मनीषा घुम्न निस्कने बेला खुसी नै थिइन्।

त्यसअघि परीक्षा बिग्रने भन्दै आशिषले मनीषाको फेसबुकको पासवर्ड चेन्ज गरेर चलाउन नमिल्ने बनाइदिएका थिए। मनीषामाथि आशिष निकै निगरानी राख्थे र घुम्न निस्केको वा अरु केटाहरुसँग बोलेको देखे रिसले आगो हुन्थे। घुमेर फर्कने बेलामा मनीषाले मोवाईल अफ गरेपछि आशिषले सँगै रहेका साथीको मोवाइलमा फोन गरेर रिस पोखेका थिए।

 ‘आज जे पनि हुनसक्छ म त्यहाँ आउँदैछु, मनीषालाई भनिदिनु।’ उनले फोनमै आक्रोश पोखेका थिए। साथीको मोवाईलको लाउड स्पिकरमा मनीषाले त्यो सुनेकी थिइन्। नागरिक दैनिकमा समाचार छ । आशिषको रिसाहा व्यवहार देखे/भोगेका मनीषाका साथीहरु उसले नै हत्या गरेको शंका गर्छन्।

 ‘फोनमा धम्क्याएपछि मनीषा डराएकी थिइ,’ साथी शिलुले भिनन् ‘राती घरमा आउँछु भन्दै जे पनि गर्ने धम्की दिएको थियो त्यसैले मनीषा डराइकी थिइ।’ रमाएर घुम्न निस्केकी मनीषाले घर फर्केपछि साथीहरुसँग भनेकी थिइन् ‘आज घरमा बस्न डर लागेको छ।’

 घटना पछि शिलुलाई नै फोन गरेर आशिषले मनीषाको फोन नउठेको भन्दै फोन उठाउन भनिदिन सन्देश छाडेका थिए। तर प्रहरीमा अशिषले मनीषाको मृत्यु भएकोबारे आमालाई तत्कालै जानकारी गराएको वयान दिएका छन्।

उनले घटनाको अर्को दिन मनीषाका साथिलाई बिहानै फोन गरेर घटनाबारे अनभिज्ञता दर्शाउनु र प्रहरीमा अर्कै वयान दिनु नै उसले झुठ बोलेको प्रष्ट भएको साथीहरुको भनाई छ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्