Logo
७ बैशाख २०८१, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा फड्केर १० खर्बको जम्बो बजेट आज आउदै

काठमाडौं  । सरकारले अर्थतन्त्रको जटिलता र खर्च गर्न सकिने आधारलाई बेवास्ता गर्दै १० खर्ब बढीको जम्बो बजेट आज सार्वजनिक गर्दै छ । 
सीमा फड्केर १० खर्बको जम्बो बजेट आज राती बेलुका सम्म आउन आटेको हो ।चालू आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेको बेला सबैतिर रकम छर्ने गरी २ खर्ब रुपैयाँ थपेर बजेट सार्वजनिक हुँदै छ ।
चालू आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब बजेट विनियोजन गरिएको छ । अत्यन्त गोप्य राखिएको बजेटको आकार सवा १० खर्ब रुपैयाँ हाराहारीमा रहने अर्थ मन्त्रालयको दाबी छ । नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार यति ठूलो आकारको बजेट ल्याउन हौसिएको हो । सरकारले यस अघिको स्रोत समितिले दिएको बजेटको सीमा भन्दा पनि करिब एक खर्ब बढि विनियोजन गर्न लागेको हो ।
अर्थमन्त्रालयले आगामी वर्ष करिब साढे ५ खर्ब उठने अनुमान गरेको छ । यस वर्ष खर्च नभएर करिब ६० अर्ब रुपैयाँ बच्ने अनुमान सरकारको छ । तर यसको आकार भने आगामी असार मसान्तसम्म हुने खर्चले निर्धारण गर्नेछ । बढी खर्च भएर आगामी वर्ष रकम नपुग भए के गर्ने भन्नेमा सरकारको तयारी देखिँदैन । जस्तो कि यस वर्ष पनि गत वर्षको ४८ अर्ब रुपैयाँ आउने भनिएको थियो तर ३३ अर्ब मात्रै बच्यो । यसैगरि वैदेशिक सहायता ३ खर्बको हाराहारीमा आउने विश्वास अर्थको छ । बजेटको आकार बढाउन सवा खर्बसम्म आन्तरिक ऋण उठाएर जोखिम लिन यो सरकार तयार भएको छ । ठूलो रकमको बजेट मार्फत रकम छरेर निर्वाचनमा प्रभाव पार्न प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अर्थमन्त्री विष्णु पौडेल र योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले ठूलो बजेट तयार पारेको अर्थ स्रोतले जनाएको छ ।
‘ठूलो बजेटले बजार भाउ थप बढने भएपनि निश्चित वर्गलाई खुसी पार्ने अर्थ र आयोगले अर्थतन्त्रलाई नै जोखिममा पार्ने खतरा बढेको सरोकारवालाहरुको भनाई छ ।  चालू वर्षमा एक प्रतिशतभन्दा कम वृद्धि भएको छ भने मुल्यवृद्धि ९ दशमलब ५ प्रतिशत पुगेको छ । आर्थिक वर्ष सकिन डेढ महिना बाँकि हुँदा पुँजीगत खर्च जम्मा ५० अर्ब भएको छ ।
ठूला पूर्वाधार देखाएर थोरै रकम राख्ने र धेरै पैसा छर्ने गरि बजेट तयार पारिएको आयोग स्रोतको भनाइ छ । कर्मचारीको तलब भत्ता राम्रैसगँ वृद्धिहुने भएको छ । बृद्धा, अपाङका लागि दिइने सामाजिक सुरक्षा भत्ता बढाइएको छ । पेन्सन र अनुदानका कार्यक्रम बढाइ रकम छरेर दिर्घकालीन दायित्व बढाउने बजेट तयार भएको छ । सांसदलाई दिइने निर्वाचन क्षेत्र विकासका दुइवटै कार्यक्रममा रकम कति बढाउने भन्ने विषयमा शुक्रबार राती बहस चलेको थियो ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्