Logo
१५ बैशाख २०८१, शनिबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवहेलना भएको भन्दै पूर्व उपराष्ट्रपतिद्वारा गणतन्त्र दिवस बहिस्कार !

काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले गणतन्त्र दिवसका अवसरमा शनिबार बिहान सैनिक मञ्च टुँडीखेलमा आयोजित कार्यक्रम बहिस्कार गरेका छन् । अनलाइन खबरमा उल्लेख समाचार अनुसार शनिबार बिहान सरकारले आयोजना गरेको गणतन्त्र दिवस बनाउने कार्यक्रममा पूर्वराष्ट्रपति झा राष्ट्रिय पोशाकमा सजिएर मञ्चमा आइपुगेका थिए । 
उनी मञ्चमा केहीबेर यताउति घुमे । र, आफूलाई बस्ने ठाउँको व्यवस्था नगरिएको भन्दै रिसाएर तत्कालै फर्किए । कार्यक्रम बहिस्कार गरेर फर्किने क्रममा उपराष्ट्रपति झाले आफ्नो अवहेलना गरिएको गुनासोसमेत पोखे । फर्कन लागेका पूर्व उपराष्ट्रपतिलाई सरकारी अधिकारीहरुले फकाएर मञ्चमा राख्ने प्रयास गरेका थिए, तर उनीहरु असफल भए ।

सरकारले गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा औपचारिक समारोहको आयोजना गरेको छ ।  समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली , उपराष्ट्रपति नन्दबहादुर पुन,  सभामुख ओनसरी घर्ती लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थति रहेको छ । 

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्