Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो, १० खर्ब ४८ अर्ब ९२ करोड बजेट


काठमाडौं । पपुलिष्ट भनिएको नयाँ बजेट अन्तरगत सरकारले निजामति कर्मचारीहरुको तलबमा २५ प्रतिशत बृद्धि गरेको छ । बजेटमा यसको घोषणा गरिएको हो । साथै योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था गरिने भएको छ । तलब र ग्रेड वृद्धि गरिए पनि महंगी भत्ता भने यथावत राखिएको छ । 
यसअघि सरकारले कर्मचारीलाई एक हजार रुपैयाँ महंगी भत्ता दिँदै आएको थियो । वितेका दुई वर्ष सरकारी कर्मचारीको तलब बढेको थिएन । कर्मचारीको मनोवल बढाउन तलब बढाइएको अर्थमन्त्रीले जानकारी दिए । कर्मचारीहरुले ५० प्रतिशत बढाउनु पर्ने माग गर्दै आएका थिए । 
सरकारले ल्यायो १० खर्ब ४८ अर्ब ९२ करोड रूपैयाँको बजेट 
सरकारले आगामी आर्थिक वर्ष ०७३र०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका सांसदमा उक्त रकम बराबरको बजेट प्रस्तुत गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार तीन बजे बसेको मन्त्रिपरिषदको बैठकले ठूलो आकारको बजेट स्वीकृत गरेको थियो ।
अर्थमन्त्रीले सार्वजनिक गरेको बजेटको यो आकार राष्ट्रिय योजना आयोगले दिएको सिलिङभन्दा १ खर्ब ४९ अर्ब ९२ करोड रुपैयाँले बढी हो । योजना आयोगले ९ खर्ब ९ अर्ब रुपैयाँको सिलिङ तोकेको थियो । आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा २ खर्ब २९ अर्ब ४४ करोड रूपैयाँले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँको थियो ।
आगामी आर्थिक वर्षका लागि सरकारले पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब रूपैयाँ बजेट छुट्याएको छ । चालु आवमा यस्तो बजेट २ खर्ब ८ अर्ब ८७ करोड ४२ लाख ४२ हजार रुपैयाँको बजेट थियो । आर्थिक वर्ष वित्न डेढ महिना बााकी हुादा विकासका लागि जम्मा ४७ अर्ब रुपैयाा मात्रै खर्च भएको छ । 
असार मसान्तसम्ममा पुँजीगत तर्फ १ खर्ब ६९ अर्ब अर्थात ७६ प्रतिशत खर्च हुने संसोधित अनुमान रहेको अर्थमन्त्रीले बताएका छन् । त्यसैगरी, सारधारणतर्पफ ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ बजेट बिनियोजन गरेको अर्थमन्त्रीले बताएका छन् । चालु आवमा यस्तो शिर्षकमा चालू आवमा यो ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार विनियोजन गरिएको थियो । 
साधारणतर्फको यो बजेट असार मसान्तसम्ममा ८६ प्रतिशत खर्च हुने अर्थमन्त्रीले बताएका छन् ।  त्यसैगरी वित्तीय व्यवस्था तर्फ आगामी आर्थिक वर्षका लागि सरकारले १ खर्ब १९ अर्ब ३१ करोड रूपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिए । चालु आवमा यस्तो बजेट १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार रुपैयाँ विनियोजन गरिएको थियो । 

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्