Logo
१३ बैशाख २०८१, बिहीबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पूर्व राष्ट्रपतिको अपमान देशकै बेइज्जति हो, सरकारले माफी माग्नुपर्छ’


काठमाण्डौ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गणतन्त्र दिवसको सरकारी समारोहमा देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई सरकारले बेवास्ता गरेको घटनाले देशकै बेईज्जती भएको बताएका छन । काठमाण्डौ स्थित सैनिक मंचमा आयोजित समारोहमा पुगेका पूर्व उपराष्ट्रपति परमानन्द झाले सरकारले आफूलाई समारोहमा बोलाएर बस्न समेतको व्यवस्था नगरेको र आफूलाई अपमानित गरेको भन्दै समारोहबाट फर्किएका थिए । 
यस घटनालाई अत्यन्त निन्दनीय भन्दै राजेन्द्र महतोले ओली सरकारले जानी जानी देशका पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको अपमान गरेको आरोप लगाए । उनले गणतन्त्र दिवसको अवसरमा देशका पूर्व राष्ट्र प्रमुखको अपमानले अन्तरराष्ट्रीय जगतमै नेपालको बेईज्जती भएको गुनासो गरे । महतोले आजको घटनाले वर्तमान सरकारको मधेश विरोधी चरित्र उदांगो भएको बताए । ‘प्रधानमन्त्री ओलीले मधेश आन्दोलनको कुनै तुक नभएको बयान बारम्बार दिने गरेका छन्, तर सरकारको आजको यस घटनाले मधेशीले आफ्नो पहिचान, सम्मानर अधिकारको लागि अझै सशक्त आन्दोलन गर्नु पर्ने कुरा प्रष्ट भएको बताए । 
सरकारले किन यस्तो गरे होला त भन्ने जिज्ञासामा महतोले भने ‘मधेश आन्दोलन प्रति सौहार्द राख्ने, आन्दोलनलाई जायज ठान्ने र सरकार माथि वार्ता र संवादको माध्यमले समस्या हल गर्न बारम्बार सुझाव दिएकै कारण सरकारले षडयन्त्रपूर्वक तरीकाले अपमान गरेको छ।’ महतोले एक मधेशी भएकै कारण पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपतिलाई समारोहमा निम्तो गरेर बस्ने समेत व्यवस्था नगरेको आरोप लगाए । उनले भने ‘मधेशी भनेर अपमान गरियो तर यो देशकै बेईज्जती भयो।’
हां दुबै जना यस देशका सम्मानित व्यक्ति थिएु महतोले भने ुवहांहरूको अपनान गर्नु भनेको देशको अपमान गर्नु सरह हो ।’ सदभावना अध्यक्ष महतोले गणतन्त्र दिवस समारोहमा विदेशी कूटनीतिकहरू र अन्तरराष्ट्रीय समुदायको सामने पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको मधेशी भएकै कारण अपनान भए पछि ओली सरकारको मधेश प्रतिको मानसिकता, सोच र व्यवहार सबै उजागर भएको बताए ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्