पटक–पटक झगडा गरेको भन्दै , पत्नीबाट टाढा रहन अदालतको आदेश
काठमाडौ । अमेरिकाको एक अदालतले अभिनेता जोनी डेपलाई आफ्नी पत्नी एम्बर हर्डबाट टाढा रहन आदेश दिएको छ ।
एम्बरले आफूलाई डेपले आक्रमण गरेको आरोप लगाएपछि दुई जना अलगअलग रहँदै आएका थिए । शुक्रबारको सुनुवाइमा अदालतले भनेको छ, ‘डेपले एक झगडाका क्रममा उनीमाथि उनकै मोबाइल फ्याँकेका थिए ।’ नागरिक दैनिकमा खबर छ ।