तीन किलो कोकिनसहित चिनियाँ नागरिक ठमेलबाट पक्राउ
काठमाडौं । अवैध रुपमा कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने चार जनालाई पक्राउ गरेको साता नबित्दै पुन: अर्का कारोबारी पक्राउ परेका छन् । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
विषेश सूचनाको आधारमा ठमेलबाट पक्राउ परेका उनको नाम खुल्न नसकेको ब्युरोका एसपी धिरज विक्रम सिंहले जानकारी दिए । पक्राउ परेका व्यक्तिको साथबाट करिब ३ केजी कोकिन बरामद गरिएको छ।
चार दिनअघि पनि २ किलो ६ सय ८३ किलोग्राम कोकिन र करिब १३ लाख रुपैयाँ सहित नेपाली, भारतीय, नाइजेरियन र भेनेजुएलाका नागरिक समातिएका थिए। यस्तै दुई दिनअघि चिनियाँ महिला दोङदोङ पनि पक्राउ परेकी थिइन्।