Logo
१२ बैशाख २०८१, बुधबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गीत लेख्दा लेख्दै मर्न चाहान्छु : गीतकार, अधिकारी घायल

काठमाडौं । २०४१ सालमा रेडियो नेपालबाट गीतिकथा लेखन सुरु गरेका गीतकार शंकर अधिकारी घायल अहिले बहुआयामिक प्रतिभा भएका छन् । गीति कथा लेखनबाट सुरु भएको उनको लेखन भने पहिलो होइन । 
सुन्सरीको झुम्कामा जन्मिएका घायल स्कुल पढ्दा देखि नै हल्का फुल्का कविता लेख्ने गर्थे स्कुलमा हुने सरस्वती पुजामा नाट्क पनि खेल्ने गर्थे । आफ्नो कर्मथलो खोज्दै जब उनी काठमाडौ भित्रिएपछि लगभग उनको लेखन यात्रामा रोक लाग्यो किनकी बाच्नु थियो पहिले लेख्नु भन्दा पनि । जब उनले केही राहत को मह्सुस गरे अनि उनी भित्रको लेखक जुर्मुर्‍याउन थाल्यो । साहित्य र गीत, संगीत मै केही गरौ भनेर उनी लागि परे ।
मित्र उज्वल केसीको सहयोगमा किरण कडेलको संगीतमा पहिलो गीत बिमल गदालको आवाजमा रेकर्ड भए पछि आफ्नो गीतियात्रालाई अगाडि बढाउन थाले । आफ्नै लगानीमा दुई लोक दोहोरी एल्बम शितल छाँया र चरी बस्यो फुलको डालिमा ल्याए पछि उनको केही चर्चा हुन थाल्यो । दिल कुमार प्यासीको मैदान चलचित्रमा गीत लेखे पछि उनको भेट संगीतकार चेतन सापकोटा संग भयो । 
शंकर अधिकारी घायलको गीत, चेतन सापकोटाको संगीतमा रोज राणाको पहिलो चलचित्र दादागिरीमा तिम्रो आँखामा बस्ने रहर भो मलार्इ लेखे पछि उनी खोजिन थालियो गीत लेख्नलाई । रेखा फिल्म्सको किस्मतको फुल जस्ती रैछौ तिमी । चेतन कै संगीत रहेको मेरि बास्सैको शीर्षक गीत लेखे पछि उनी पुर्ण रुपमा गीतकार बने । रेखा ब्यानर कै अन्दाज फिल्मको सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला लेखे पछि घायल चर्चित बन्न पुगे ।
नेपालमा जति नै चर्चित भए पनि गित लेखेर बाच्न गार्हो छ । उनको लेखन गीत संगीत संगै चलचित्र लेखन तर्फ मोडियो । तामाङ भाषाको चलचित्र जा थेवा भोजपुरी भाषाको यी कैसन बौछार अनि नेपाली कथानक चलचित्र लव इज लाइफ लेखे पछि चलचित्र लेखक पनि बने हाल उनले लेखेको नो स्मोकिङ र गोरे चलचित्र प्रदर्शन को तयारीमा छन् । अहिले नेपाल मा लघु चलचित्रको भेल नै आएको छ सोही अनुरुप उनले करिब ५०० लघु चलचित्र लेखन र निर्देशन गरे अनि करिव ६० म्युजिक भिडियो पनि निर्देशन गरे । 
के बाच्नै पर्‍यो । बाच्न लाई काम गर्न जरुरी छ । त्यही भएर म यता मोडिएको हु। म गीतकार हुँ गीतकार भएर जन्मिए गीतकार भएरै मर्न चाहान्छु । अरु पेशा रोजेको खोजेको छैन मैले । गीत, संगीत चलचित्र लेखन अनि निर्देशनमा लागेको छु । आफुले जानेको यहि हो यस्मै रमाउन र हराउन अनि यस्मै जिन्दगी विसर्जन गर्न सके मेरो सफलता हुनेछ ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्