Logo
१३ बैशाख २०८१, बिहीबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाटक ‘यो कुनै बास हो एक’ को मञ्चन

काठमाडौं । नाटकघर थिएटर मलमा मञ्चन भइरहेको एक काव्यात्मक नाटक ‘यो कुनै बास हो एक’ को मञ्चन मिति लम्बिएको छ । डा. अभि सुवेदी लिखित यस नाटक जेठ ८ गते शनिबारसम्म मञ्चन हुनेछ ।

यस नाटकको तीन दिन र चार शो थप गर्दै मञ्चन अवधि लम्ब्याइएको हो । 

नाटककार बालकृष्ण समलाई समर्पित गर्दै उनकै निवासको नाममा तयार गरिएको नाटक यस अघि जेठ ४ गते सम्म मात्र मञ्चन हुने भनिएको थियो । नाटक ‘यो कुनै बास हो एक’ जेठ ८ सम्म हरेक सा“झ ठिक ५ः३० बजे र शनिबार अतिरिक्त मञ्चन दिउ“सो ठिक १ः३० बजे पनि हुनेछ ।

नाटकमा समका घर परिसरमा भेटिएकी नातिनी पुस्ताकी एक महिला पात्र दिवासाले समका नाट्यकृतिमा रहेका महिला पात्रको विश्लेषण गरेकी छिन् । नाटकको सुरुदेखि नै समका लेखनमा प्रश्न उठाउ“दै समस“गै संवाद गर्दै उनी समका विविध पात्रहरुभित्र प्रवेश गर्ने प्रयत्न गर्छिन् ।

नारी संवेदनालाई कलात्मक उठान गरिएको यस नाटकले समको घर परिसरलाई मञ्चमा दुरुस्तै उतार्ने प्रयास भएको छ ।

थिएटर आकारको प्रस्तुति रहेको नाटकलाई थिएटर घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन् भने एकल अभिनयमा रंगकर्मी सुस्मा कोइराला उत्रिएकी छिन् । उनलाई एना देउजा र रविना श्रेष्ठले साथ दिएका छन् ।

काठमाडौं मल, सुनधारास्थित नाटकघर थिएटर मलले स्थापनाको दुई वर्ष नपुग्दै १५ नाटक मञ्चन गरिसकेको छ । ‘यो कुनै बास हो एक’ थिएटर मलको दोस्रो एकल अभिनयात्मक नाटक हो । थिएटर मलका यसअघि ‘बदरंग’, ‘बिम्बाका सपना’, ‘च्यातिएको पर्दा’, ‘मान भर्सेस मती’ लगायतका नाटक चर्चामा थिए ।

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्