Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री र मुख्यसचिवको टोलीले यसरी खेले मैत्रिपूर्ण फुटवल ( हेर्नुस फोटो फिचर )

काठमाण्डौ । आइतबार प्रधानमन्त्री केपी ओली दशरथ रंगशालामा फरक रुपमा देखिए। ओलीले रंगशालामा फुटवल खेलाडीको जर्सी मात्र लगाएनन् मैदानमा उत्रेर फुटवल समेत खेले । 
प्रधानमन्त्री ११ र मुख्यसचिव ११ बीच भएको मैत्रिपूर्ण फुटवल खेलमा प्रधामन्त्री ओली यसरी खेले । प्रधानमन्त्री र मुख्य सचिव नेतृत्वको टोलीले आज दशरथ रंगशालामा मैत्रिपूर्ण फुटबल खेलेका हुन । 
प्रधानमन्त्री ओलीको टोलीबाट मन्त्रीहरुले खेलेका थिए भने मुख्य सचिव सोमलाल सुवेदीको टोलीबाट सचिवहरु मैदानमा उत्रिएका थिए । 
गणतन्त्र दिवस मनाउन गणित मूल समारोह समितिले खेल आयोजना गरेको हो । खेलमा मुख्य सचिव टोलीले ३ गोल गर्‍यो भने प्रधानमन्त्रीको टोलीले २ गोल फर्कायो । 
हाम्रो फोटो पत्रकार रमेश पोखरेलले खिचेको हेर्नुस फोटो फिचर :
 

प्रकाशित मिति: May 29, 2016

प्रतिक्रिया दिनुहोस्