Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसले विरोध गरेपछि व्यवस्थापिका संसदको बैठक पटक–पटक स्थगित !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध गर्दे बैठक अवरोध गरेपछि  व्यवस्थापिका संसदको सोमवार निर्धारित बैठक पटक–पटक अवरुद्ध भएको छ । सोमबार बिहान बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले अर्थमन्त्री विष्णु पौडेललाई कारवाही हुनुपर्ने माग गरेका थिए ।

सभामुख ओनसरी घर्तीमगरले सोमबारको बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाका सांसदहरु उँभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने अवसर पाएका पूर्व अर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद रामशरण महतले बजेटको गोपनियता चुहिएकोबारे निष्पक्ष छानबिन गर्न माग गरे ।

छानविन नभएसम्म सदनको कारबाही अघि बढ्न नदिने उनले बताए ।  सदनमा पेश गर्नुपहिले नै बजेट सार्बजनिक गरेर अर्थमन्त्रीले संसदको विशेषाधिकार माथि मानहानी गरेको महतले आरोप लगाए ।सदनमा बजेट प्रस्तुत हुनुभन्दा अघि नै त्यसका गोप्य सूचना एक दैनिक पत्रिकामा छापिएको भन्दै कांग्रेसले अर्थमन्त्रीमाथि कारवाहीको माग गरेको हो।

त्यसरी आर्थिक सूचनाहरु बजेट घोषणा अगावै बाहिर चुहिँदा आर्थिक अनुशासन उल्लंघन भएको र कर छल्नेहरुलाई सजिलो भएको कांग्रेस सांसदको आरोप छ ।कांग्रेसको विरोधपछि सभामुुखले बैठक आधा घण्टाका लाथि स्थगित भएको घोषणा गरेकी थिइन ।

प्रकाशित मिति: May 30, 2016

प्रतिक्रिया दिनुहोस्