Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व राजा ज्ञानेन्द्रलाई यसरी दिइदैँ छ “हिन्दु सम्राट” को पदवी ( अवधारणा पत्र सहित )

काठमाडौं । बिश्व भरिका हिन्दुहरुको अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन हुने भएको छ । हिन्दु तथा ऊँकार परिवारसँग आबद्ध धार्मिक गुरुजन तथा चिन्तकहरुबाट सम्पूर्ण हिन्दु समाजलाई दिशा निर्देशन गराउन यो सम्मेलन हने भएको हो ।
त्यसोत यो  विराट हिन्दु सम्मेलनको भित्रि रहस्य भनेको राजा सहितको हिन्दु राष्ट्र नेपाल बनाउने नै हो स्रोतले भन्यो ।  अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलन असोज २९, ३० र कात्तिक १ गते काठमाडौंमा हुने भएको छ । उक्त सम्मेलनमा छलफल हुँदा विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको पहिचान समाप्त हुने गरी जारी भएको षडयन्त्रमूलक संविधानको बारेमा छलफल हुने छ ।

बिभिन्न धर्मगुरुहरुको सहभागितामा नेपालको पुर्व राजा ज्ञानेन्द्रलाई “हिन्दु सम्राट”को पदावीबाट सुशोभित गरिएको छ । 
विश्वका सबै ऊँकार परिवार माथिका अपमान, अपघात तथा संकटका साथै आफ्नो धर्म परित्याग गर्नेलाई पुनः आफ्नो धर्ममा फिर्ता ल्याउने अपेक्षा गरिएको समेत यो सम्मेलनको छ ।

हिन्दु धर्मका विभिन्न पूजा, सांस्कृतिक, परम्परा तोड्ने कार्यको विरुद्धमा चल्नु पर्ने कदम समेत निर्धारण गर्ने तयारी भइरहेको छ । विभिन्न राष्ट्रहरुमा ऊँकार परिवारको उत्थानका लागि कार्य गर्ने व्यक्तिहरुको सम्मान गर्ने अन्तराष्ट्रिय विराट हिन्दु सम्मेलनको उदेश्य समेत रहेको छ ।

हेम बहादुर कार्कीको अध्यक्षता आज एक कार्यक्रम भएको छ । उप्त कार्यक्रममा आचार्य गुरु कर्मा तान्पाइ लामा, अर्जुनप्रसाद बास्तोला, मिना सुबेदी लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: May 31, 2016

प्रतिक्रिया दिनुहोस्