Logo
७ बैशाख २०८१, शुक्रबार
(April 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चार स्थानबाट थापाको मुद्दामा जाँच

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा गत कात्तिक २९ गते फिफाको इथिक्स कमिटीले तत्कालीन अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष गणेश थापालाई कारबाही गरेको जगजाहेर नै छ । कारबाहीको क्रममा उक्त कमिटीले थापालाई दश वर्ष प्रतिबन्ध लगाउनुको साथै २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । 
आफूलाई इथिक्स कमिटीले कारवाही गरेपछि बचाउका लागि थापाले फिफामा अपिल गरेका थिए । आफू निर्दोष भएको र एन्फामा फर्किन उनले उक्त अपिल गरेका थिए । तर, फिफाले इथिक्स कमिटीले गरेको निर्णयलाई लाहमोहर लगाउँदै थापाको अपिल खारेज गरेको छ । अपिल खारेज गरेसँगै थापाको फुटबलमा फर्किने झिनो आशा पनि चकनाचुर भएको छ । फिफाको यो निर्णयसँगै थापा भ्रष्टाचारी सावित भएका छन् ।
फिफाले आफ्नो अपिल खारेज गरेको पत्र पाएपछि थापाले फिफाको यो निर्णयले आफू निकै दुस्खी भएको प्रतिक्रिया दिएका छन् । साथै उनले अब न्याय माग्न ‘कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस्’मा जाने बताएका छन् । फिफाबाट साहस पाउने विश्वास साथ एन्फाबाट राजीनामा नदिएका थापाले अब कहिले राजीनामा दिन्छन् त्यो भने अहम् विषय बनेको छ ।
फिफाको निर्वाचनमा एसियाली प्रतिनिधि छान्ने क्रममा थापाले ठूलो रकम लिएको आरोप इथिक्स कमिटीले लगाएको छ । थापाले सन् २००९ र २०११ मा उक्त रकम लिएको पनि इथिक्स कमिटीको दाबी छ । सोही कुराको चार वर्ष अनुसन्धान गरेर इथिक्स कमिटीले थापाले भ्रष्टाचार गरेको भन्दै दशवर्षे प्रतिबन्ध र २१ लाख रुपैयाँ जरिवामा गरेको थियो । कमिटीको कारबाहीसँगै फुटबलबाट दश वर्षका लागि प्रतिबन्धित भएका थापा अहिले पनि फुटबललाई आफ्नो पेवाको रूपमै सञ्चालन गरिरहेको एन्फाकै पदाधिकारीहरूले जानकारी गराएका छन् । 
ती पदाधिकारीले थापाले अहिले पनि आफ्नो छोरा गौरवमार्फत एन्फा हाँकिरहेको र आफ्नो स्वार्थपूर्ण गरिरहेको बताएका छन् । प्रतिबन्धमा परेपछि राजीनामा दिन परै जाओस् उल्टै एन्फाको हर्ताकर्ता नै थापा भएको सुनिनमा आएको छ । फुटबलमा आर्थिक हिनामिना गरेर अख्तियारको ढोका थुप्रैपटक चहारिसकेका थापा शक्तिको पहुँमा उम्किँदै आएका थिए । 
तर, यसपटक उनको अपिल फिफाले समेत खारेज गरेकोले उनी फुटबलमा फर्किने सम्भावना असम्भव भएको छ । अझ थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, राष्ट्रिय खेलकुद परिषद् र सम्पत्ति शुद्धीकरण विभागमा भ्रष्टाचार गरेको अभियोगमा कारबाही चलिरहेको छ ।  – श्रीविक्रम

प्रकाशित मिति: Apr 30, 2016

प्रतिक्रिया दिनुहोस्