Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने प्रशासनको निष्कर्ष

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा अधिकारीबीच आज भएको छलफलले कोभिड-१९ सङ्क्रमणको जोखिममा रहेको वर्तमान समयमा सरकारले जारी गरेको आदेशलाई थप प्रभावकारी बनाउँदै अत्यावश्यक सेवा प्रवाहमा सहज वातावरण तयार पार्न आवश्यक समन्वय गर्ने निष्कर्ष निकालेको हो ।

सरकारले यही जेठ ३२ सम्म लकडाउन जारी राख्ने निर्णय गरिसकेको छ । बैठकमा सहभागी ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बन्दाबन्दीका अवसरमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो ।

बैठकले विदेशबाट आउने नागरिकलाई राख्ने होल्डिङ सेन्टर व्यवस्थित बनाउने र उनीहरुलाई सहजरुपमा व्यवस्थापन गर्ने निर्णय पनि गरेको उन ले जानकारी दिए ।

सरकारले शुक्रबारदेखि विदेशमा बस्ने नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउँदैछ ।

बन्दाबन्दीको अवधिमा बुधबारमात्रै व्यवसायीले स्वतःफूर्तरुपमा पसल खोल्ने निर्णय गरेको सन्दर्भमा पनि बैठकमा छलफल भएको थियो तर कुनै निष्कर्ष भने नभएको बताइएको छ ।

अहिलेको अबस्थामा जनस्तरबाट उठेका प्रश्नमा समेत समीक्षा भएको र सरकारलाई केही महत्वपूर्ण विषय सिफारिस गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए ।

प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार बन्दाबन्दीलगायतका विषयमा विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिएका थिए ।

प्रकाशित मिति: Jun 4, 2020

प्रतिक्रिया दिनुहोस्