Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिएसपी शर्माले बनावटी घटनामा निर्दोषलाई फसाउन खोजिएको आरोप [हेर्नुस् भिडियो]

प्रदेश १ स्थित सुनसरी प्रहरीका डिएसपी बिनोद शर्माका विरुद्धमा भाण्टावारीका स्थानिय तथा जनप्रतिनिधिले  आक्रोस ब्यक्त गरेका छन् ।

प्रहरी आफैले लागुऔषधसहित कटुवा पेस्तोल र गोली राखेर एक जना निर्दोर्षलाई फसाएको आरोप रहेको छन् ।

नेकपा समद्ध स्थानीय अजय कुसियैत र कोशी गाँउपालिकाका वडा अध्यक्ष बिन्देश्वर प्रसाद यादवले प्रहरी विरुद्ध यसरी आक्रोश ब्यक्त गरेका हुन् ।

पक्राउ गर्दा बखतको सिसि टिभि फुटेज देखाउँदै यादवलाई पक्राउपछि मात्र उक्त बरामद भनिएको आपराधिक सामाग्री भिराइएको उनिहरुको आरोप रहेको छ ।

प्रदेश नम्बर २ सप्तरी जिल्ला हनुमान कंकालनी नगरपालिका वार्ड १४ बस्ने यादवलाई केहि दिन अघि सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले भने उनको साथबाट एक थान पेस्तोल र ३ थान गोली र ठुलो मात्रामा लागुऔषध फेला परेको भन्दै पक्राउ गरेको बताएको छ ।

हेर्नुस् भिडियो :

पत्रकार सम्मेलनमा बोल्नेहरुले जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भाण्टाबारी बजार पुगेको डिएसपी बिनोद शर्मा नेतृत्वको टोलीले कृशलाई पक्राउ गरी लगेकोमा भोक्राहा खण्डमा पुगी हतियार र लागुऔषध गाडीमा राखी मुचुल्का बनाएको आरोप लगाए ।

जनप्रतिनिधि सहितको उपस्थितीमा कृशलाई नियन्त्रणमा लिइरहँदा प्रहरीले आफुहरुमाथि देखाएको व्यवहार समेत खेदजनक रहेको उनीहरुको भनाई थियो ।

पक्राउ गर्दैगर्दा गाडी सर्च गरिएको र पानीका बोतल बाहेक केहि नभेटेको अवस्थामा कृश र उनका चालकलाई नियन्त्रमा लिइ लगेकोमा भोक्राहामा गाडी रोकी हतियार र लागुऔषध भेटिएको भनि गरिएको मुचुल्का प्रकृया बनावटी र सुनियोजित भएको पत्रकार सम्मेलनमा दाबी गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै निर्माण व्यवसायी तथा नेता अजय कुशियतले प्रहरीको व्यवहार र शैली शंकास्पद र सुनियोजित देखिएकाले निस्पक्ष छानबिनकालागि राष्ट्रिय मानव अधिकार सम्म गुहारिने बताए । उनले उक्त घटनाको निष्पक्ष छानविन हुनु पर्ने समेत बताए ।

कुशियतले कृश सहित उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको भएपनि सप्तरीबाट सुनसरी तर्फ आउँदै गरेको सूचनाका आधारमा पूर्व पश्चिम राजमार्ग अन्र्तगत भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ४ को राजमार्गमा आउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताउनुले समेत घटना सुनियोजित रहेको पुष्टि हुने बताए ।

कुशियतले भने, “प्रहरीले कृश र उनको गाडी भाण्टाबारीबाट नियन्त्रणमा लिएको सीसी क्यामेरा स्पष्ट देखिन्छ । नियत के हो स्पष्ट छ । ”
सुनसरी प्रहरीले भने कृशको सम्वन्धमा कटुवा पेस्तोल र सोमा लाग्ने तीन राउण्ड गोली सहित लागुऔषध बरामद गरिएको जनाएको छ ।

प्रहरीले हातहतियार खरखजाना ऐन तथा लागु औषध नियन्त्रण ऐन बमोजिम म्याद थप गरी अनुसन्धान जारी रहेको जनाएको छ ।
सुनसरी प्रहरीले कृश नेपाल र भारतमा घटाइएका विभिन्न घटनामा संलग्नताका आधारमा मस्ट वान्टेडको सूचीमा रहेका व्यक्ति भएको बताएको छ । कृशलाई यसअघि समेत सुनसरी प्रहरीले दुई पटक पक्राउ गरेता पनि छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्