Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा पिडितले न्याय न पाएको गुनासो

सुनसरीको दुहबी ९ स्थित सप्तरीया टोलमा मरेको कुकुर फाल्ने निउमा भएको आक्रमणमा घाइते भएकाहरुले न्याय न पाएको गुनासो गरेका छन् ।

दुहबी ९ स्थित छाताबेलि गाउँका केही युवाहरुले गत आइतबार मरेको कुकुर सप्तरीया नमुना टोल नजीक रहेको नहरको डिलमा फाल्न जादा स्थानीयहरुले गाउँ नजिक न फाल्न आग्रह गर्दा मरेको कुकुर छोडेर गएका युबाहरुले छाताबेली गाउँबाट अन्य युबाहरुलाई लिएर आएको समुहले एक्कसी आक्रमण गर्दा सप्तरीया टोलका करिब  दर्जन बढी घाइते भएको प्रत्यक्षदर्शी स्थानीय प्रजा चौधरीले बताए ।

सप्तरीया टोलका घाइतेहरु चन्दन चौधरी, सतिस चौधरी,प्रबीण चौधरी, सिंदुर चौधरी, शन्तीदेबि चौधरी, राजेश चौधरी, दस्नीदेबि चौधरी, प्रभुराम चौधरी,बासुदेब चौधरी र अशोक चौधरिलाइ सोही दिन दुहबी स्थित जिबन ज्योति स्वास्थ्य सेवा प्रालीमा उपचार गरेको पीडित पक्षका अनिल चौधरीले बताए ।

सो घटना भए लगत्तै प्रहरीलाई जानकारी गराएपछी प्रहरीको टोलिले घटना स्थलमा आएर समेत उनिहरुलाइ नियन्त्रणमा लिन न सकेको उनिहरु बताउँछन् ।

घटना भएको भोलि पल्टै ईलाका प्रहरी कार्यालय दुहबीमा निवेदन दिदा समेत आज सम्म प्रहरीले पिडकलाई पक्राउ न गर्दा न्याय न पाएको र कानुनि राज्यको उपहास भएको घाइते  शान्तीदेबि चौधरीले बताइन ।

ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीले कोरोना माहामारीको बाहाना देखाइ  दुबै पक्षलाई मिल्न दबाब दिएको प्रहरीमा निवेदन दिने अनिल कुमार चौधरीले गुनासो गरे ।

उनका अनुसार पिडक गाउँमा घुमी रहेको अवस्थामा प्रहरीले उनिहरुलाई पक्डिनुको साटो उल्टै पीडितलाई मानसिक पीडा दिएकोले  मानव अधिकार संस्था इन्सेकमा समेत निवेदन दिएको जनाए ।

सामान्य विषयलाई लिएर छाताबेली गाउँका मो.मकसुद, मो. आदम, मो. रहिस, मो. वासिद, मो. सिटर लगायत १३ जनाको समुहले आक्रमण गरेको निवेदनमा उल्लेख गरिएको छ ।

उता ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रबिण कार्कीसग बुझ्दा आफुले कुनै दबाब न दिएको तथा  घाइते हरुको घाउ जाँच फारम भै सकेकोले लकडाउन पछि कानुनी कार्वाही अगि बढ्ने बताए ।

प्रकाशित मिति: May 21, 2020

प्रतिक्रिया दिनुहोस्