Logo
१५ बैशाख २०८१, शनिबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिँचाइ क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिइन्छ : मन्त्री फुयाँल

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले उत्पादन बढाउन मन्त्रालयले सिँचाइ क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।

प्रदेशका १३ वटै जलस्रोत तथा सिँचाइ विकास डिभिजन, दुई भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन र नारायणी-खगेरी सिँचाइ व्यवस्थापन प्रणालीका प्रमुख तथा प्रतिनिधिसँगको बैठकमा मन्त्री फुयाँलले कोरोनाका कारण विश्वभर आर्थिक सङ्कट उत्पन्न हुन सक्ने भन्दै सरकारले सिँचाइको पूर्वाधार विकासको कामलाई द्रुत गर्नुपर्ने बताएका हुन् ।

उनले लकडाउनका कारण सिर्जित समस्या समाधानमा सरकार तयार रहेकाले काम धमाधम गर्न निर्देशन दिए ।

कोरोनाका वाबजुद पनि काम गर्न सक्छौँ भन्ने उदाहरण दिन आवश्यक रहेको बताउँदै मन्त्री फुयाँलले नयाँ योजना निर्माणमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले कसैको स्वार्थमा योजना बनाइनुहुन्न भन्दै वास्तविकता हेरेर आवश्यकीय योजना छनोट गरिने बताए । भिडियो कन्फ्रेन्समार्फत भएको कुराकानीमा जलस्रोत तथा ऊर्जा विकास महाशाखाका निर्देशक मेघराज अवस्थीले महाशाखाको समग्र प्रगति ७० प्रतिशत पुगेको बताए ।

उनले लकडाउनका कारण समस्या भएको भए पनि वित्तीय तथा भौतिक प्रगति राम्रो रहेको उल्लेख गरे । निर्देशक अवस्थीले सिँचाइको काम बढाउनुपर्ने हुँदा यो वर्ष बजेटसमेत बढाउनुपर्ने उनको भनाइ थियो ।

बैठकमा सहभागी डिभिजन प्रमुख तथा प्रतिनिधिले कामलाई निरन्तरता दिइनै रहेको भए पनि लकडाउनका कारण निर्माण सामग्रीको ओसारपसारमा देखिएको समस्या, मजदुर तथा दक्ष जनशक्तिको अभावलगायत समस्याको समाधान गरिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्