Logo
१५ चैत्र २०८०, बिहीबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक सशस्त्र प्रहरीसहित सुनसरी र झापामा थपिए ११ नयाँ संक्रमित

प्रदेश १ स्थिति झापा र सुनसरीमा गरि नयाँ ११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन् । सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो ।

उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको हो । सुनसरीमा देखिएका एकजना सशस्त्र प्रहरी हुन्

प्रकाशित मिति: May 19, 2020

प्रतिक्रिया दिनुहोस्