Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सरकारी निशानमा लिपुलेक सहितको यो नयाँ नक्सा प्रयोग हुने [भिडियो]

नयाँ नक्सा अबदेखि सरकारी निशान छाप, सरकारी कामकाजमा प्रयोग हुने नक्सा, विद्यालयमा पढाइने पाठ्यपुस्तकमा प्रयोग हुनेछ ।

संघीय सरकारले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।

नयाँ नक्सामा संघीयताअनुरुपका प्रदेश र स्थानीय तहसँगै भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटे पनि अरु अन्तर्राष्ट्रिय सीमाहरु यथावत् नै छन् ।

सोमबारको मन्त्रिपरिषद्‍ले नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समावेश गरेर नयाँ नक्सा स्वीकृत गरेको सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले जानकारी दिए ।

‘नयाँ नक्सामा उत्तरी, पूर्वी दक्षिणी र पश्चिमी अन्तर्राष्ट्रिय सीमासँगै राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको छ,’ उनले भने, ‘यो नक्सा अब सरकारले सबै किसिमका प्रशासनिक र सबै प्रबन्धहरुमा लागू गर्ने गरी अगाडि बढाएको छ ।’

नयाँ नक्सा अबदेखि सरकारी निशान छाप, सरकारी कामकाजमा प्रयोग हुने नक्सा, विद्यालयमा पढाइने पाठ्यपुस्तकमा प्रयोग हुनेछ ।

 

मन्त्रिपरिषद्‍को बैठकले गरेका निर्णयहरु : 

प्रतिक्रिया दिनुहोस्