Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : बेलायतमा हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द

यति बेला बिश्व कोरोना माहामारीले आतंकित बनाइरहेको अवस्थामा बेलायतमा सेप्टेम्बर ६ देखि १३ ताखिरसम्म हुने भनिएको टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिताको यो सिजन  रद्द भएको छ ।

बेलायतमा कोरोना भाइरसको प्रभाव कम नभएपछि हुने टुर अफ ब्रिटिस साइक्लिङ प्रतियोगिता रद्द भएको हो ।

बेलायतमा कोरोनाको सङ्क्रमण कम नभएपछि आयोजकले प्रतियोगिता रद्द भएको बताइएको छ । यसका साथै महिलातर्फ हुने टुर अफ योर्कसायर पनि रद्द भएको छ ।

आयोजकले २०२१ को टुर अफ ब्रिटिस सेप्टेम्बर ५ देखि १२ सम्म हुनेछ । प्रतियोगिता रद्द हुनुको अर्थ यो बर्ष बेलायतमा साइक्लिङका कुनैपनि खेल हुने छैनन् ।

२०१९ मा भएको यो रेसमा एक दशमलव पाँच मिलियन दर्शकले हेरेका थिए । यसपटक पनि समर्थक उपस्थित गराउन उचित नहुने भएपछि रेस नै स्थगित गरिएको हो ।

आयोजकले अब टिमहरुले अर्को सिजनका लागि तयारी गर्नुपर्ने बताएको छ ।

प्रकाशित मिति: May 15, 2020

प्रतिक्रिया दिनुहोस्