Logo
७ बैशाख २०८१, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हवाई सेवा सञ्चालन गर्ने तयारी : विमानस्थलमा धमाधम मार्किङ गरिँदै

राजधानी काठमाण्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले हवाई सेवा सञ्चालन गर्ने तयारी थालेको छ । विमानस्थलले अहिले धमाधम मार्किङ शुरु गरिएको छ ।

विमानस्थल खुल्नासाथ सामाजिक दूरी कायम गरी सेवा सञ्चालन गर्ने तयारी विमानस्थलले गरेको हो । अब तोकिएको स्थानमा मात्र यात्रु उभिनुपर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सञ्चालनमा ल्याउने तयारी विमानस्थलले गरेको छ ।

वमानस्थलको आन्तरिक टर्मिनलमा पार्किङ क्षेत्र हुँदै जाने बाटो, टिकट लिने ठाउँ, लगेज संकलन गर्ने ठाउँलगायतमा मार्किङ गरिएको छ ।कोरोनाभाइरस (कोभिड-१९) को महामारी फैलिएपछि सरकारले चैत पहिलो साताबाटै अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएको थियो ।

गत ११ चैतमा लकडाउन शुरु भएपछि आन्तरिक उडान समेत बन्द भएको थियो । डेढ महिनाभन्दा बढी समयदेखि बन्द विमानस्थल आगामी जेठ १८ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको छ ।

यता वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत हवाई सेवा सञ्चालनका लागि सुरक्षा निर्देशिका बनाएर लागू गर्ने तयारी थालेको छ । तर, कहिलेसम्म उडानमा प्रतिबन्ध थप हुन्छ त्यो भने निश्चित छैन ।

 

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्