Logo
११ बैशाख २०८१, मंगलबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल बैंकको वित्तिय अवस्था आरोलो उन्मुख, तेस्रो त्रैमासमा नाफा नै भएन

नेपाल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार चैत समसान्तमा गत आर्थिक वर्षको सोही अवधिको भन्दा मुनाफा घटेको छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब २४ करोड ५५ लाख ७७ हजार मुनाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ६ करोड १९ लाख ८३ हजारले ऋणात्मक छ ।

राष्ट्र बैंकले गत चैतमा कोरोना भाइरसले प्रभावित व्यावसायिक क्षेत्रका लागि सहुलियत घोषणा गर्दै चैत मसान्तमा किस्ता तिर्नेलाई ब्याजमा १० प्रतिशत छुट र चैतमा तिर्न नसक्नेलाई असारमा मसान्तमा तिर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । राष्ट्र बैंकको उक्त निर्देशनले चैत मसान्तमा ४० प्रतिशत पनि ब्याज असुल हुन नसकेको बैंकहरूले बताएका थिए ।
नेपाल राष्ट्र बैंकले लागु गरेको एनएफआरएस अनुसार वित्तीय विवरणमा बैंकहरूले असुल हुन बाँकी रहेको तर पाकेको ब्याजलाई पनि आम्दनीका रूपमा गणना गर्नुपर्ने हुन्छ । तर यसरी असुल हुन नसकेको ब्याजलाई नेपाल राष्ट्र बैंकले तोकेको रेगुलेटरी रिजर्भमा राख्नुपर्ने हुन्छ ।

जसले गर्दा नेपाल बैंकले पनि चैत समसान्त सम्ममा करिब दुई अर्ब नाफा कमाउँदा पनि बैंकको वितरणयोग्य मुनाफा भने ऋणात्मक बन्न पुगेको छ । बैंकले नउठेको ब्याज आम्दानीले पनि मुनाफामा देखाएका छ तर उक्त नउठेको ब्याज आम्दानीलाई नेपाल राष्ट्र बैंकले रेगुलेटरी रिजर्भमा राख्नुपर्ने वयवस्था गरेको छ ।

जसअनुसार बैंकले चैत मसान्तमा एक अर्ब ६५ करोडभन्दा बढी रकम रेगुलेटरी रिजर्भमा राखेको छ । त्यस्तै अन्य रिर्जभमा राख्ने बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक बनेको छ ।
गत वर्षको तुलनमा ब्याज आम्दानीमा वृद्धि भए पनि बैंकको कोषको लागत बढ्दा ब्याज खर्च बढेको छ । जसले गर्दा खुद ब्याज आम्दानी भने घटेको छ । चैत मसान्तसम्म बैंकले चार अर्ब २१ करोड ८२ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले चार अर्ब ७२ करोड ५३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

खुद ब्याज आम्दानीसँगै अन्य आम्दानीसमेत प्रभाव पर्दा बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि घटेको छ । कोरोनाको प्रभाव समग्र अर्थतन्त्रमा परेका कारण बैंकको आम्दानीमा वृद्धि हुँदा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै इम्पेरिमेन्ट चार्ज ३३ करोड १९ लाख छुट्याएको छ । यद्यपि उक्त रकम गत आर्थिक वर्षको भन्दा कम हो । गत आवमा इम्पेरिमेन्ट चार्जका लागि ४२ करोड ५८ लाख छुट्याएको थियो ।

चैत मसान्तमा नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सेयर प्रिमियमा तीन अर्ब २६ करोड २८ लाख ११ हजार रुपैयाँ छ । यस्तै सञ्चित कोषमा एक अर्ब ८५ करोड २८ लाख ९५ हजार र जगेडा कोषमा १४ अर्ब १७ करोड ६२ लाख २८ हजार छ ।

चैत मसान्तसम्ममा बैंकले एक खर्ब २२ अर्ब ७० करोडभन्दा माथि निक्षेप संकलन गरेर एक खर्ब एक अर्ब ६८ करोड कर्जा लगानी गरेको छ । चैत मसान्तमा बैंकको निष्क्रिय कर्जा २.६४ प्रतिशत, कर्जा स्रोत परिचालन अनुपात (सीसीडी) ७३.६५ प्रतिशत, कोषको लागत ४.९१ प्रतिशत, आधार ब्याजदर ७.४९ प्रतिशत र ब्याजदर अन्तर ४.४९ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ २९६ रुपैयाँ ६३ पैसा र पुँजीकोष अनुपात १५.९० प्रतिशत छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्