Logo
४ बैशाख २०८१, मंगलबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको घोषणापत्र र अन्तरिम विधानको ड्राप्ट तयार, ५१ सदस्य कार्यकारणी समितिको प्रस्ताव

राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जनता समाजवादी पार्टी नेपालको घोषणापत्र र अन्तरिम विधानको मस्यौदा तयार भएको छ ।

तर उक्त मस्यौदालाई अन्तिम रुप दिन भने समय लाग्नेछ । छलफलका लागि नेताहरु माझँ पठाइएको मस्यौदाको खाका भने सार्वाजनिक भएको छ ।

उक्त खाका अनुसार संघीय परिषद, कार्यकारणी समिति, राजनीतिक समिति लगायतका बिभिन्न समितिहरुको प्रस्ताव गरिएको छ ।

२९ पृष्ठको अन्तरिम विधानमा नश्लवादी चरित्रलाई परिवर्तन गरी प्रदेशहरुलाई पहिचानमा आधारित राज्य पुनर्संरचनाका लागि संघर्षशील रहँदै समाजमा विद्यमान विभेद र सीमान्तीकरणको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

जनता समाजवादीको अन्तरिम विधान र घोषणापत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् :

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्