Logo
१३ बैशाख २०८१, बिहीबार
(May 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि,२४५ संख्या पुग्यो

पछिलो समयमा कोरोना भाइरसको माहामारीले विश्वलाई नै थलापारीरहेको अवस्थामा बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।

योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।सङ्क्रमित सबै नेपालीको अवस्था सामान्य रहेको र बहराइन सरकारले नै उपचार गरिरहेको दूतावासले जनाएको छ ।

बहराइनमा अहिलेसम्म १ हजार ९ सय ५० जनामा कोरोना सङ्क्रमण भएको छ । बहराइनमा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

जसमध्ये १ हजार ७ सय ६२ जना निको भएका छन् । सङ्क्रमितमध्ये कति नेपाली निको भए भनेर खुलाइएको छैन ।

प्रकाशित मिति: May 6, 2020

प्रतिक्रिया दिनुहोस्