Logo
७ बैशाख २०८१, शुक्रबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली दूतावासले गर्यो भारतमा रहेका नेपालीलाई यथास्थानमै बस्न आग्रह

काठमाण्डौ :  अहिले कोरोनाका कारण विश्वमुलुह संकटमा परिरहेको अवस्थामा नेपालीहरु जुनसुकै उद्येश्यले भारत गएको भए यथास्थानमै बस्न नेपाली दूतावासले आग्रह गरेको छ ।

जुनसुकै उद्येश्यले भारत गएको भए पनि यस्तो सङ्क्रमणको बेला यथास्थानमा बस्न दूतावासले आग्रह गरेको हो ।
भारतमा रहेका नेपालीहरुको अवस्थाबारे जानकार भएको भन्दै दूतावासले समाधानका उपायहरु अपनाइरहेको जनाएको छ ।

भारतमा बस्दा समस्या परेमा दूतावासको हटलाइन नम्बर ८९२९६०१९२५, ०११ २३४७६२०० र ०११२३३२७३६१ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

सीमा नाका बन्द रहेकाले कसैको भ्रामक सूचनाको पछि लागेर नेपाल फर्कने प्रयास नगर्न पनि दूतावासले सचेत गराएको छ ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्