Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : महिला युरो कप १ वर्षपछि धकेलियो

यतिबेला कोरोना माहामारीले विश्वमुलकमा नै उतारचडाव सृजना गरि विश्वलाई थलापारि रहेको अवस्थामा महिला युरो कप पनि १ वर्षपछि सरेको छ ।

कोरोना भाइरस (कोभिड -१९) को महामारीका कारण फुटबलका क्यालेण्डर अस्तव्यस्त बनेको अवस्थामा युईएफएले यो निर्णय गरेको हो ।

युरोपेली फुटबल महासङ्घको नियमित क्यालेण्डर अनुसार महिला युरो कप सन् २०२१ को जुलाई महिनामा हुनुपर्ने थियो ।

युरोपेली देशका महिला फुटबल टिमको मुख्य प्रतियोगिता युरो कप अब सन् २०२२ को जुलाई ३ देखि ३१ तरिखसम्म हुनेछ ।

महिला युरो कप सार्नुको मुख्य कारण टोकियो ओलम्पिक पनि हो । सन् २०२१ मा हुने टोकियो ओलम्पिकमा इङ्ग्ल्याण्ड, नेदरल्याण्ड्स र स्विडेन छनोट भएका छन् ।

प्रकाशित मिति: Apr 22, 2020

प्रतिक्रिया दिनुहोस्