Logo
१३ बैशाख २०८१, बिहीबार
(April 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संक्रमितको संख्या ९ पुग्यो : पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
भने नेपालभित्र पहिलो पटक कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको छ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ। तीमध्ये एक जना निको भइसकेका छन् भने ८ जना उपचाररत् छन्।

कैलालीमा यसअघि दुबईबाट फर्किएका एक जना पुरूषमा कोरोना भाइरस देखिएको थियो। शनिबार उनकी आफन्त एक जना ३४ वर्षीया महिलामा पनि कोरोना भाइरस पुष्टि भएको छ।

ती महिला संक्रमित युवककी भाउजु भएको बुझिएको छ। योसँगै पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा युरोप र खाडीबाट आएका नेपालीमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको थियो। कोरोना भाइरस संक्रमित भएकाहरूको परिवारका सदस्यहरूको पनि परीक्षण गरिएको थियो। तर उनीहरू कसैमा कोरोना भाइरस पुष्टि भएको थिएन। शनिबार भारतबाट आएकाहरूमा पनि कोरोना भाइरस देखिएको छ।

कोरोनाको नयाँ ३ जना संक्रमित :
१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

प्रकाशित मिति: Apr 4, 2020

प्रतिक्रिया दिनुहोस्