Logo
१२ बैशाख २०८१, बुधबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको स्पष्टोक्ती : नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएको छैन, ५ जना उपचाररत

विश्व समेत देशमा संकट निम्ताएको कोरोना भाइरसको संक्रमित नेपालमा ६ जनाबाट नबढेको संघीय सरकारले स्पष्ट पारेको छ ।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातौं संक्रमित नभेटिएको स्पष्ट पारेका हुन्। आज मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म छ जना संक्रमितमध्ये पाँचजनाको उपचार भइरहेको बताए ।

दुईजना टेकु, बाग्लुङमा २ र धनगढीमा एकजनाको उपचार भइरहेको बताए । हालसम्म १२ सय ७७ को नमूना परीक्षण भएकोमो छ जनामा संक्रमण भेटिएको जानकारी दिदै डा. देवकोटाले भने, ‘छ जनामध्ये पाँचजनाको उपचार भइरहेको छ र एकजना निको भई घर फर्किनुभएको छ ।’

उनले १२० जना आइशोलेशनमा रहेकोमध्ये उपत्यकामा १५ र उपत्यकाबाहिर १०५ रहेको बताए । छैठौं संक्रमित सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण शुरु भएको उनले बताए ।

देशभित्र धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण भइरहेको र बुटवलमा उपकरण जडान कार्य भइरहेको बताए । हालसम्म १२ सय ७७ परीक्षण भइरहेको समेत बताए ।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्