Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिल्लीबाट फर्केका मध्ये ६ जना सुनसरीमा फेला, कप्तानगञ्ज नाकाबाट प्रवेश गरेकाको खोजी तीब्र

भारत स्थित दिल्लीको निजामुद्दिनमा भएको “तबलिगी ए जमात“ कार्यक्रममा सहभागी भई फर्केका मध्ये ६ जना सुनसरी भोक्राहा नरसिह गाँउपालिकामा फेला परेका छन् ।

नेपाल मुस्लीम संघ प्रदेश एकका संयोजक हाजी इसराइल मन्सुरीका अनुसार भोक्राहा नरसिह गाँउपालिका घर भएका ६ जना सम्पर्कमा आएको जानकारी दिएका छन् ।

त्यस्तै सुनसरीको कप्तानगञ्ज सिमानाकाबाट सोमबार राती नेपाल प्रवेश गरि इनरुवा बजारहुदै इनरुवा ४ स्थित रेडक्रस आधारभुत विद्यालय छेउको सुनसरी खोलामा रहेको झोलुङ्गे पुलबाट भोक्राहा तर्फ लागेका २०/२५ जनाको खोजी कार्यलाई व्यापक बनाईएको मन्सुरीले बताए ।

उनीहरुलाई क्वारेन्टाइनमा राखिएको उनले बताए । संयोजक मन्सुरीका अनुसार सप्तरीको बोदे बर्साइनमा रहेका क्वारेन्टाइनमा भोक्राहा नरसिह ८ का सुलेमान मियाँ, सलमान मियाँ, भोक्रहा नरसिह ५ का असलम मियाँ, मोहमद समिम मियाँ, र मोहमद हाफिज मियाँ भोक्रहा नरसिह ६ का इद्रीस मियाँ रहेका छन् ।

उनीहरुलाई सुरुमा ज्वरो आएकाले तत्कालै क्वारेन्टाइनमा राखिएकाले परिवार र स्थानियहरुको सम्पर्क हुन नपाएकाले सुनसरी भोक्राहा नरसिहका ६ जनाबाट अन्यलाई जोखिम नभएको हाजी इसराइल मन्सुरीले बताए ।

उनीहरुको नाम पहिचान र ठेगाना नखुलेकाले सुनसरीमा रहेका सवै मस्जीदहरु मार्फत खोजी कार्य सुरु गरिएकाले फेला परेपछि तुरुन्त क्वारेन्टानमा राख्ने समेत मन्सुरीले बताए ।

उक्त कार्यक्रममा सहभागी भएका मध्ये भारतमै ६ जनाको मृत्यु भैसकेको छ । भारत सरकारले भारतमा कोरोना भाइरस (कोभिड–१९) सक्रमण फैलिएको “तबलिगी( ए जमात“ धार्मिकसभा कार्यक्रममा सहभागी १९ जना नेपाली रहेको सुचना सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: Apr 1, 2020

प्रतिक्रिया दिनुहोस्