Logo
१२ बैशाख २०८१, बुधबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टर्कीका महान् फुटबलर रुस्तु रेकबर कोरोनो संक्रमण, स्वास्थ्य अवस्था गम्भीर

बर्तमान समयमा कोरेनाको माहामारी बढ्दै गइरहेको अवस्थामा टर्कीका लिजेण्ड फुटबलर ४६ वर्षीय रुस्तु रेकबर कोरोना भाइरस सङ्क्रमणको कारण अस्पताल भर्ना भएका छन् ।

अचानक कोरोनाको सङ्क्रमण देखिएको र त्यसको लक्षण द्रूत गतिमा फैलिरहेको रुस्तुका श्रीमती इसिल रिकबरले बताएकी छिन् ।

बार्सिलोनाका पूर्व गोलरक्षक समेत रहेका ४६ वर्षीय रुस्तुको स्वास्थ्य गम्भीर भएपछि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।

रुस्तुकी श्रीमती इसिल सहित दुई सन्तानमा भने कोरोना सङ्क्रमण नदेखिएको बताइएको छ । रुस्तुको नाममा टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान पनि रहेको छ ।

उनले टर्कीका लागि एक सय २० खेल खेलेका छन् । सन् २००२ को विश्वकपमा टर्की सेमिफाइनलसम्म पुग्दा उनी ‘प्लेयर अफ द टुर्नामेन्टु ‘चुनिएका थिए ।

बेसिकटासका लागि ५ वर्ष व्यावसायिक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्