Logo
२६ बैशाख २०८१, बुधबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना प्रभावित क्षेत्रमा खटिने स्वास्थ्यकर्मी-कर्मचारीलाई २५ लाख बराबरको बिमा

संघीय सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बिमा गर्ने भएको छ।

मन्त्रिपरिषद् बैठकले उनिहरुको २५ लाख रुपैयाँ बराबरको विमा गर्ने भएको हो। यो विमा २०७७ असार मसान्तसम्मका लागि लागु हुने छ।

कोरोनाको भाइरसको संक्रमण उपचार तथा रोकथाम तथा नियन्त्रणमा खटिनेको ज्यान जोखिममा रहने भन्दै सरकारले उनिहरुको विमा गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्