Logo
१२ बैशाख २०८१, बुधबार
(March 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेसम्म नेपालमा ९ सय १७ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएनन् : स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म ९ सय १७ जानको कोरोना भाइरसको परीक्षण गरिएको छ। पछिल्लो समयमा भएको परीक्षणमा नयाँ संक्रमित भेटिएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित नथपिएको जानकारी दिएका हुन्।

‘हालसम्म ९१७ जनाको परीक्षण भएकोमा पाँच जनामा पोजेटिभ र ९ सय १२ जनामा नेगेटिभ देखिएको छ,’ उनले भने।

शनिबार बागलुङकी एक युवतीमा कोरोना भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिएकी पाँचौ संक्रमित हुन्। उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ।

शनिबारको सवा ४ बजेको ब्रिफिङमा उनको विषयमा जानकारी दिइएको थियो। आइतबारको ब्रिफिङमा पछिल्लो २४ घन्टामा नयाँ संक्रमित फेला नपरेको जानकारी दिइएको हो।

धनगढीको सेती अस्पतालमा एक जना र टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ जनाको उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामन्य रहेको छ।

नेपालमा पहिलो पटक भेटिएका बिरामी भने उपचारपछि निको भइसकेका छन्।

प्रकाशित मिति: Mar 29, 2020

प्रतिक्रिया दिनुहोस्