Logo
१२ बैशाख २०८१, बुधबार
(March 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन असर : किसानको घरमा दूध खेर जाँदै, उपभोक्ताले खान पाएनन्

कोरोना भाइरसको सम्भावित जोखिमको रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ भएपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ ।किसानको घरमा दुध खेरा जान थालेको छ ।

अर्कोतर्फ उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिएपनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको बताइएको छ ।

किसानले दुध उत्पादन गरेपनि अधिकांश डेरी र अन्य पसल बन्द हुंँदा वितरणमा समस्या परेको किसानको भनाइ छ । व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले दुग्ध सङ्कलन केन्द्रले दुध नै नलिदाँ समस्या परेको जानकारी दिएका छन् ।

“दुधको उत्पादन छ के गर्नु सङ्कलन केन्द्रले दुध नै लिन मान्दैनन ”उनहाँले भने । अध्यक्ष न्यूरेका अनुसार डीडीसीको सङ्कलन केन्द्रले नै दुध नलिएका कारण समस्या भएको हो ।

साथै चोकर दाना पनि पाउन छाडिएपछि चौपायलाई समेत बचाउन गाह्रो परिरहेको छ । काठमाडौबाट दुध बोक्ने ट्यांकर नआएको र स्थानीय दुग्ध उद्योगहरु पनि बन्द भएका कारण थप चिन्तामा रहेको किसानको गुनासो छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङघका सचिव किशोर बगाले दुध सङ्कलन र वितरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने थप चिन्ताको बिषय रहेको बताएका छन् ।

“उपभोक्ता नै घरबाहिर निस्कदैनन् । सरकारले यसको सही व्यवस्थापन गर्न सकेको छैन ” उनले भने । आफूले बारम्बार काठमाडौका नीजि डेरीलाई दुध लिन आग्रह गरेपनि दुध लिन नआएको उनको भनाई छ ।

दुधको माग भएपनि आफूले डेरी पसल खोल्न नसक्ने अवस्थामा रहेको साना डेरीका सञ्चालकहरु बताउँछन् । मांँ शक्ति डेरीका सञ्चालक लोकनाथ सापकोटा डेरी खोल्यो पसलमा मानिसको भीड हुने हुँदा आँफैलाई डर हुने गरेको बताउछन् ।
गंगानगर दुग्ध उत्पादक सहकारी संस्था पनि आजबाट बन्द भएको व्यवस्थापक रामप्रसाद सापकोटाले जानकारी दिए । उनले भने “खोलेर मात्र के गर्नु दुध बिक्रीनै हुदैन ।”

उक्त सहकारीमा दैनिक ५ हजार लिटर दुध बिक्री हुदै आएको थियो । किसानबाट सङकलन गरे पनि दुध बिक्री नभए पछि सङकलन गर्न छाडिएको हो ।

जिल्लामा दैनिक ३ लाख लिटर दुध उत्पादन हुदै आएको छ । यहांँको उत्पादनको ४५ प्रतिशत खपत भएपनि बांँकी दुध काठमाडौं जाने गरेको छ ।

यहांँ झण्डै ५०० व्यवसायिक दुग्ध उत्पादक फार्म रहेका छन । भिजन डेरी उद्योग प्रा.लि.भरतपुरका प्रबन्धनिर्देशक सुजन अधिकारी दैनिक ४ हजार पाँच सय लिटर दुध बिक्रि हुने गरेकोमा आज दुई सय लिटर मात्र बेच्न सकेको बताउछन् ।

सहकारीबाट ल्याउनेदेखि उपभोक्तासम्म पु¥याउन समस्या नै समस्या भएकाले काम गर्न नसकेको उनको भनाई छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १ ठिमुरामा रहेको चितवन मिल्कमा नीजि डेरीहरुले सङकलन गरेको दुध प्रशोधन गरि पाउडर वनाउँदै आएको भए पनि बुधबारबाट उद्योग वन्द भएको छ ।

उद्योगमा प्रयोग हुने रसायनको अभाब र मजदुर तथा कर्मचारी सहज आवागमन गर्न नपाएपछि उद्योग बन्द भएको जनाईएको छ ।

प्रकाशित मिति: Mar 26, 2020

प्रतिक्रिया दिनुहोस्