Logo
१५ बैशाख २०८१, शनिबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालसामान आयात निर्यात गर्न चीनतर्फको नाका खुलाउने सरकारको निर्णय

मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले सरकारले चीनतर्फको नाका खुलाउने भएको छ।

माघ १५ देखि बन्द भएका नाका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले खुलाइएको हो।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको छ।

सामान आयात निर्यात बाहेकको कामका लागि भारत र चीन दुवै तर्फका नाका बन्द गर्ने निर्णय सरकारले यसअघि नै गरिसकेको छ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्