Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर बारे दक्षिण एशियाली अर्थमन्त्रीको भिडियो कन्फ्रेन्स, अर्थतन्त्रमा दीर्घकालिन असर

कोरोनाले पारेको प्रभावको विषयमा दक्षिण एसियाली अर्थमन्त्रीहरुले छलफल गरेका छन् । भिडियो कन्फ्रेन्सबाट अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका पदाधिकारीहरुले छलफल गरेका हुन्।

छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना नियन्त्रणका लागी नेपालले गरेको प्रयासको विषयमा स्पष्ट पारे। उनले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको तथा अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने धारणा राखे।

मन्त्री खतिवडाले दक्षिण एशियाली मुलुकहरुको व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिई आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्नुपर्ने भनाई राखे।

कन्फ्रेन्समा मुद्रा कोषका डाइरेक्टर च्याञ्योङ्ग रि, विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, बहुपक्षीय लगानी प्रत्याभूत संस्था भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर एस विजय आइयर लगायत थिए।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्